माग पुरा नभए स्वास्थ्य क्षेत्र ठप्प पार्ने स्वास्थ्यकर्मीको चेतावनी

  •  
  •  
  •  
  •  
  •  

अनिल खत्री
गुल्मी फागुन १२ । स्वास्थ्य सेवा ऐनको दफा ९ ख कार्यान्वयन तथा पद व्यवस्थापनको माग गर्दै गुल्मी जिल्लाका स्वास्थ्यकर्मीहरुले जिल्ला जनस्वास्थ्य कार्यालयमा ताला बन्दी सगै पत्रकार सम्मेलन गरी आन्दालन बारे थप जानकारी गराएका छन् । केन्द्रिय संयुक्त टे«ड युनियनको निर्देशित कार्यक्रम अन्तरगत स्वास्थ्यकर्मीहरु जनस्वास्थ्य कार्यालयमा तालाबन्दी गरि धर्ना बस्दै आएका हुन ।

गुल्मी जिल्लामा क्रियाशिल स्वास्थ्य कर्मिहरुले बिहिवार पत्रकार सम्मेलन गरी समस्या समाधान को लागी ट्रेड युनियनकर्मिहरु पनि अत्यन्त जिम्मेवारीका साथ धैर्यतापुर्वक प्रश्तुत हुदा पनि मन्त्रालयले बिभिन्न समयमा छलफल र प्रतिबद्धता जनाउने काम मात्र गरेको प्रति आपत्ती जनाएका छन् ।
छलफल का नाममा अल्मल्याइ आन्दोलनकारीलाई थकाउने र गलाउने निति लिएकोले शसक्त आन्दोलन गर्नुको बिकल्प नभएपछि बाध्य भएर चरणबद्ध रुपमा देसब्यापी आन्दोलनको शुरुवात गरीएको पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन् । मन्त्रालयले समस्या समाधान गर्नुको सट्टा पिडित स्वाथ्यकर्मिलाइ पलायन गराउने र स्वास्थ्य सस्थालाई स्वास्थ्यकर्मिविहिन बनाइ स्वाथ्य क्षेत्र अस्तब्यस्त हुनेगरि मन्त्रिपषिदबाट निणर्य गराइ समस्या झन बल्झाइएको आन्दोलन समितिका संयोजक नारायण अर्यालले जानकारी दिए ।
नयाँ स्वास्थ्य निति अनुसार स्वास्थ्य चौकीमा मेडिकल अधिकृत सहितको संरचना बनाएर गुणस्तरिय स्वास्थ्य सेवा जनतामा प्रवाह गर्नुको सट्टा भएको अनुभवी जनशक्ति लाई समेत बिस्थापीत गरेर स्वाथ्य सेवा लथालिङ्ग पार्ने प्रयास गरिएको उनिहरुको आरोप रहेको छ । स्वास्थ्य कर्मीहरुले चालु आन्दोलनलाई ब्यवास्ता गरी समस्या समाधान नगरिएमा अझ सशक्त आन्दोलनका कार्यक्रमहरु अगाडी बढाउन बाध्य हुने समेत चेतावनीस् दिएका छन् । गुल्मीको आन्दोलनमा नेपाल स्वास्थ्यकर्मी युनियन, राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल, स्वास्थ्यकर्मी युनियन नेपाल, अखिल नेपाल प्रगतिशिल स्वास्थ्यकर्मी संगठन गुल्मीले संयुक्त रुपमा आन्दोलन गर्दै आएका छन् ।

Comments

comments

Comments are closed.