माओवादी केन्द्र नेटाको सम्मेलन सम्पन्न

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
गुल्मी, फागुन ७ । नेकपा माओवादी केन्द्र गुल्मी नेटाको वडा सम्मेलन सम्पन्न भएको छ । मालिका गाउँ पालिका अन्तर्गत वडा नम्वर १ मा पर्ने साविकको नेटा गाविसमा सो पार्टीका जिल्ला संयोजक विरबहादुर कार्कीं (चहल) को प्रमुख आतिथ्यतामा वडा सम्मेलन सम्पन्न भएको जनाईएको छ ।

सम्मेलनले नेटा वडा कमिटीको अध्यक्षमा महेन्द्र बिकलाई सर्वसम्मत निर्वाचित गरेको छ । उपाध्यक्षमा जितबहादुर सुनार , सचिवमा रुद्रबहादुर पुन , कोषाध्यक्षमा छमी बिक र सह–सचिवमा गोपाल बिकलाई चयन गरेको छ । वडा कमिटी २१ सदस्यीय बनाईएको र सन्तबहादुर बिकको संयोजकत्वमा १३ सदस्यीय वडा सल्लाहकार समिति समेत गठन गरिएको नवनिर्वाचित अध्यक्ष महेन्द्र बिकले जानकारी दिए । उनका अनुसार वाईसियल नेटा वडा कमिटी ताराबहादुर बिकको संयोजकत्वमा ४९ सदस्यीय गठन भएको छ ।
नेटाका निवर्तमान गाउँ कमिटी अध्यक्ष दुर्गाबहादुर बिकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जितबहादुर विकको स्वागत मन्तव्य र गोपाल बिकको सञ्चालन रहेको थियो ।

Comments

comments

Comments are closed.