माओवादी केन्द्रद्धारा स्वर्गिय कार्कीको श्रृद्धाञ्जली शभा

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
कार्तिक , मंसिर–१६ । नेकपा माओवादी केन्द्र गुल्मी जिल्ला कमिटीले केहि दिन अघि सडक दुर्घटनामा परी अल्पआयु मै मृत्यु भएको आफ्ना सहयोद्धा वसन्तबहादुर कार्कीको सम्मानमा श्रद्धाञ्जली सभा गरेको छ । shraddhanjali-karki
गुल्मीको मुसिकोट पुर्खेयौली घर भई गत २० वर्ष अघि देखि वामीटक्सार वजारमा वसाई सराई गरेका कार्कीको घर मैं पुगेर सो पार्टीले आज श्रद्धाञ्जली सभा गरेको हो ।
महेन्द्र आदर्श उच्च माध्यामिक विद्यालय वामीटक्सारको विद्यालय भवन निर्माण सामग्री वुटवलबाट ल्याउँदै गर्दा काकीको मंसिर ८ गते पाल्पाको अर्गेलीमा व गाडी दुर्घटना हुँदा उपचार्थ अस्पताल लैजाँदै गर्दा मृत्यु भएको थियो ।
नेकपा माओवादी केन्द्र गुल्मीका जिल्ला सदस्य तथा ९ नम्वर ईलाका संयोजक रहेका कार्की सो पार्टीका खम्वा नेता र वामी मुसिकोटका सवैले मान्ने समाज सेवीको छवि बनाएका थिए ।
२०५२ साल तिर मुसिकोटबाट वामीटक्सारमा सडकमा छाता , लाईटर मर्मत गर्दै बसेका कार्कीले ग्रिल उद्योग लगायतका व्यवसाय गरेर २० ÷ २२ वर्षको अवधीमा वामीटक्सारको वुसपार्कमा आलिसान महल आर्जन गर्दै करोडपतिहरुको दाँजोमा पुग्न सफल भएका थिए ।
वामी र मुसिकोटको समाज सेवामा उल्लेखनिय योगदान पुराएको सम्मानमा नेकपा माओवादी केन्द्रले आयोजना गरेको श्रद्धाञ्जली सभामा शोक मन्तव्य प्रकट गर्दै सो पार्टीका सो पार्टीका केन्द्रिय सदस्य नविन क्षेत्री र जिल्ला संयोजक विरबहादुर कार्कीले उनको उच्च सम्मान गरिने वताएका थिए ।
कार्यक्रममा जिल्ला सचिव युवराज केसी, नेकपा माओवादीका जनसरकार प्रमुख गोविन्द बिक आकाश , एकिकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज रामकृष्ण कँडेल , अनेम संघ क्रान्तिकारीकी केन्द्रिय सदस्य लिला थापा राना, प्रेश सेन्टर नेपालका केन्द्रिय सदस्य प्रेम सुनार, दलित मुक्ती मोर्चाका जिल्ला अध्यक्ष धर्म विक लगायतले शोक मन्तव्य राखेका थिए ।
श्रद्धाञ्जली सभाको नेकपा माओवादी केन्द्र गुल्मीका सचिवालय सदस्य अशोक थापा मुक्तीले सहजीकरण गरेका थिए ।

Comments

comments

Comments are closed.