माओवादी केन्द्रद्धारा एकता भेला सम्पन्न

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
गुल्मी , असोज–९ । नेकपा माओवादी केन्द्रको गुल्मी जील्ला १ नं. क्षेत्रको एकता प्रशिक्षण भेला सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला संयोजक बिर ब. कार्की, सह संयोजक युवराज केसी, केन्दिय सदस्यहरु पूर्ण ब. राना, दुर्गा ढकाल लगायतले प्रशिक्षण मन्तब्य दिनु भएको थियो ।mb-4
क्षेत्र नं. १ का ईन्चार्ज चित्र ब।केसी , सह ईन्चार्ज तेजेन्द्र सलामी र संयोजक टंक ब. क्षेत्रीले क्षेत्रको समग्र कार्ययोजना पेस गर्नु भएको थियो । जिल्ला अधिवेशन आयोजक समिति सदस्य र पाटीका अन्य ज़िम्मेवारीमा रहनु भएका झन्डै ३०० बढी नेता कार्यकर्ताहरुको सहभागीता रहेको कार्यक्रममा अनेरास्वियु क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य घनश्याम खरेल, एकीकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला उपाध्यक्षहरु राजु गौतम र छबिलाल भण्डारी लगायतको उपस्थिति रहेको थियो ।
गाऊँपालिकाको पूर्नसंरचना, विकास निर्माण,पाटीको आगामी कार्यक्रम ,कार्यविभाजन लगायतका विषयमा छलफल गरिएको कार्यक्रमको संन्चालन जिल्ला सदस्य जितु तरामु मगरले गर्नु भएको थियो ।

Comments

comments

Comments are closed.