माईतीले तयार पारेको दर खान नपाई ज्यान गयो

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
गुल्मी, भाद्र–२२ । दर खान माईती पुगेकी गुल्मीकी एक चेलीको दर खान नपाई मृत्यु हुनु परेको छ । दरखाने दिन आफ्नो घर गुल्मीको हाडहाडे–१ को वर्दवासबाट हाडहाडेकै वडा नम्वर–९ सिस्थत माईती घर पुगेकी ३० वर्षिया सिता विष्टको यस्तो दुखत निधन भएको हो ।late-sita-bista
माईत गएकी विष्टा उक्त दिन एक्कासी वेहोस भए पछि उनलाई उपचारका लागि भैरहवमा मेडिकल कलेजमा लगिएको थियो । उपचारकै क्रममा उनको हिजो मृत्यु भएको स्थानियवासी शालिकराम खत्रीले जानकारी दिए । गएराती उनको रिडीमा दाहसंस्कार गरेर स्थानियवासी र नेकपा एमलेका नेता कार्यकर्ता फर्किएका छन् ।
उनका श्रीमान पदम विष्ट नेकपा एमाले निकठ मजदुर संगठन जिफन्टका जिल्ला अध्यक्ष हुन् । उनका एक छोरा र तिन नावालिका छोरीहरु रहेका छन् । तिज जस्तो चाड पर्वको वेला भएको उनको दुखत निर्धनले हाडहाडेवासी र विभिन्न ठाउँमा रहेका उनको आफन्त र शुभेच्छुकहरु शोकमा डुवेका छन् ।

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *