महेन्द्र भण्डारी धुर्कोटमा अध्यक्षका उम्मेदवार, के छन् एजेण्डा ?

  •  
  •  
  •  
  •  
  •  

गुल्मी, ७ चैत – नेपाली कांग्रेसका महासमिति सदस्य महेन्द्र भण्डारीले गुल्मीको धुर्कोट गाउँपालिकामा नेपाली कांग्रेसको तर्फबाट कांग्रेसको टिकट पाएका छन् । यो सँगै उनी नेपाली कांग्रेसका मेयरका उम्मेदवार बनेका छन् ।
mahendra bhandari
जेठ ३१ गते हुँदै गरेको स्थानीय तहको निर्वाचनमा उनी अध्यक्षको रुपमा भिड्न थालेका हुन् । साविकका नयाँगाउँ, पिपलधारा, हाडहाडे, जैसिथोक, वस्तु, रजस्थल, वाग्ला गाविसले धुर्कोट गाउँपालिका बनेको हो ।

कांग्रेसका पूर्व सांसद रुद्रमणी भण्डारीको क्षेत्र भएको कारणले पनि उनले आफूहले सो क्षेत्रमा निर्वाचन जित्ने दावी गरेका छन् । नेविसंघबाट राजनीति सुरु गरेका उनी नेविसंघको केन्द्रीय उपसभापति समेत बनेका थिए ।
उनी कांग्रेसमा दुई पटक महाधिवेशन प्रतिनिधि र दुई पटक महासमिति सदस्य बनिसकेका छन् । यसपाली उनी महासमिति सदस्य हुन् ।

एमाले बलियो मानिने गाविसहरुमा समेत आफूले राम्रो मत ल्याउने उनको तर्क छ । ‘मैले सबै मतदाताहरुलाई स्थानीय प्रतिनिधि भनेको जनतासँगै बसेर काम गर्ने मान्छे हो भनेको छु,’ उनले भने, ‘आफूले निरन्तर जनतासँग बसेर काम गरिरहेको पनि छु ।’

यो गाउँपालिकामा एमालेसँगै कडाप्रतिस्पर्धा हुने सम्भावना छ । भण्डारीले कमजोर उम्मेदवारालाई चुनाव जिताएर गल्ती नगर्न समेत मतदातालाई अनुरोध गरेका छन् ।

के के छन् चुनावी एजेण्डा ?

उनले आफू जनताको प्रतिनिधी भएसँगै गर्ने कामको सूची समेत निर्माण गरिसकेको बताए । उनले धुर्कोट गाउँपालिका भित्रको उत्पादन र आवत जावतलाई सहज तरिकाले आदानप्रदान गर्नको लागि रिङ रोड बनाउने एजेण्डा रहेको बताए ।

त्यस्तै स्थानीय रंगशाला, उद्यान, बाटोघाटो लगायतका आफ्ना चुनावी एजेण्डा रहेको उनको भनाई छ । साथै पछाडी परेका र पारिएका व्यक्तिहरुका लागि पानी आफूले विशेष योजना बनाएको उनले बताए ।
धुर्कोटमा रहेको सुन्तला पकेट क्षेत्रलाई अत्यन्तै व्यवस्थित गर्ने समेत उनले बताए । पर्यटकीय रुपमा विचित्र गुफालाई व्यवस्थित गर्ने उनले बताए ।

उनले आफूले कांग्रेसमा मात्रै नभएर रेडक्रस, आँखा उपचार केन्द्र लगायतका थुप्रै संस्थामा बसेर काम गरिरहेकोले समेत स्थानीयले आफूलाई भोट दिने उनको तर्क छ । -लोकान्तर डट कम

Comments

comments

Comments are closed.