महिला तथा बालबालिका कार्यालय गुल्मीद्धारा बार्षिक समिक्षा सम्पन्न

  •  
  •  
  •  
  •  
  •  

टोपलाल अर्याल
गुल्मी, साउन १ । महिला तथा बालबालिका कार्यालय गुल्मीले बार्षिक समिक्षा कार्यक्रम सदरमुकाम तम्घासमा सम्पन्न गरेको छ । महिला तथा बालबालिका कार्यालयकी महिला विकास अधिृकत प्रतिभा पन्थीले अख्तियारी, निकाशा तथा खर्च, भौतिक प्रगती विवरण र अपांग परिचय पत्र वितरणको बारेमा जानकारी गराउनुभएको थियो ।
अधिकृत पन्थीले कार्यालयको १ करोड ८६ लाख १९ हजार बराबरको कार्यक्रम, बजेट र खर्चको अवस्थाको बारेमा जानकारी दिनुभयो । कार्यालयको महिला विकास कार्यक्रम तर्फको १ करोड ७५ लाख, समाजकल्याण तर्फको १४ लाख ४७ हजार, महिला सशक्तिकरण तर्फको १ लाख ८१ हजार, लैंगिक हिंसा निवारणका महिला संस्थाहरुको एकिकृत विकास कार्यक्रम तर्फ ५ लाख ७९ हजार, बालकल्याण कार्यक्रमको १ लाख १६ हजार बराबरको अख्तियारी आएको थियो ।
लैंगिक हिंसा निवारणका महिला संस्थाहरुको एकिकृत विकास कार्यक्रम तर्फको ५ लाख ७९ हजार मध्ये ५० हजार बाहेक सवै रकम खर्च भएको कार्यालयले जानकारी दिएको छ । कार्यालयले यो आव ०७३ असार ३० गते सम्म २ सय ५५ जनालाई अपांगता प्रमाणपत्र वितरण गरेको छ । क वर्गका महिला १३, ख बर्गका ३३, ग वर्गका २७ र घ बर्गका १८ गरी ९१ जना र क वर्गका पुरुष ३३, ख वर्गका ५१, ग वर्गका ५७ र घ वर्गका २३ गरी १ सय ६४ जनालाई अपांगता परिचय पत्र वितरण गरेको छ ।
gulmi news

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *