‘महिलाहरुले आफै भित्रका गहना चम्काऔं’

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
गुल्मी , भाद्र–१२ । गुल्मीकी एक महिला नेतृले तीजमा महिलाहरुले सुनका गहना होईन आफै भित्रको क्षमताको गहना चम्काउन आग्रह गरेकी छिन् ।
महिला जिल्ला समन्वय समितिकी उपाध्यक्ष तथा यस जिल्लाकी सशक्त महिला नेतृ विष्णुकुमारी सापकोटाले आज रेसुङ्गा नगरपालिका ८ भुजेलखर्कमा आयोजित तिज गीत तथा दर खाने कार्यक्रममा बोल्दै यस्तो आग्रह गरेकी हुन् ।bishnu-kumari-sapkota
कार्यक्रमकी प्रमुख अतिथी रहेकी सापकोटाले भनिन्–‘हामी महिलाहरुको महान पर्व हरितालिका तीत भड्कीले नबनाऔं , महंङ्गा –महँङ्गा गहना कपडा नलगाऔं , बरु हामी भित्रको प्रतिभा र क्षमताको गहनालाई चम्काऔं । ’
महिलाहरु पछाडी पर्नुको कारण पनि लाउन खान मैं आफुर मख्ख पर्ने भएको तर्क राखिन । महिला समन्व्य समित रेसुङ्ग नगरपालिका –८ का महिलाहरुले पनि सामन्य गहना कपडामा नाच गरी रहेको दृश्य प्रति उनले धन्यवाद प्रकट गरीन् ।
कार्यक्रमा वेदुखर्कका पुराना समाज सेवी माधवराज पन्थीले पनि मन्तव्य राखेका थिए । विकासको दृष्टीले अन्य वडा भन्दा पछाडी परेको वडा नम्वर ८ लाई त्यहाँका महिलाहरुले सरकारी निकाय र दलका नेताहरुलाई तीज गीतको माध्यम द्धारा ध्यानकृष्ट गराएका थिए । कार्यक्रम सञ्चालिका पुष्पा पन्थीले स्वागत गीतमा भनिन्–‘ सर्व प्रथम सडक पिच जगरी हुन्दै भा’छैन् हाम्रो घरमा सडक बत्ती किन आउँदैन् । ’
कार्यक्रममा महिलाहरुले बढि मात्रमा जनचेतना मुलक तीज गीत गाएका थिए । कार्यक्रममा पत्रकार प्रेम सुनार , रेसुङ्गा टेलिभिजनका सहकर्मी मोहन बस्नेत लगायतको विशेष आतिथ्यता रहेको थियो ।
महिला समन्व्य समिति रेसुङ्गा नगरपालिका ८ की अध्यक्ष लालकुमारी पन्थीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रम संयोजक लक्ष्मी थापाको स्वागत मन्तव्य र पुष्पा पन्थीको सञ्चालन रहेको थियो । उक्त कार्यक्रममा साँझ अवेर सम्म महिलाहरुले तीज गीतको रमाईलो गरी रहेका थिए ।

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *