मन जित्दै गुल्मीमा खिचिएको ‘साँईली’ को कभर भिडियो (भिडियो सहित)

  •  
  •  
  •  
  •  
  •  

गुल्मी । अहिलेको सुपरहिट गीत ‘साँईली’ यतिबेला सबै बर्गका दर्शक तथा श्रोताको प्रिय गित बनिरहेको छ । सम्भवतः छोटो समयमै सर्बाधिक लोकप्रिय बन्न सफल नेपाली गित यहीँ होला । देश तथा विदेशका सबै संगीतप्रेमी दर्शकले ‘साइली’लाई अत्याधिक रुचाइरहेका छन् ।

यसै क्रममा अहिलेको चलनको रुपमा रहेको ‘कभर गित’ गाउने तथा भिडियो बनाउने ट्रेन्डलाई पछ्याउदै गुल्मी स्थित डेडीकेट क्रियसनको प्रस्तुति तथा नविन फोटोग्राफीको सहकार्यमा ‘साँईली’ कभर भिडियो निर्माण गरिएको छ ।

नविन थापाको निर्देशनमा तयार भएको भिडियो अन्य कभर भिडियोभन्दा उत्कृष्ट साबित हुदै गैरहेको छ । निर्देशक थापाले यस गीतको कभर भिडियो विदेशी तातो मरुभूमिमा रगतको पसिना बगाएर नेपाल आमालाई माया गर्ने सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुमा समर्पित गरिएको बताएका छन्।

गुल्मी जिल्लाको एतिहासिक पर्यटकिय क्षेत्र दिब्रुंगको काखमा रहेको सुन्दर दह गाउँ सहित व्यापारिक केन्द्र शान्तिपुर तथा मजुवामा छायांकन गरिएको भिडियोको निर्देशन थापा स्वयम्ले गरेका छन् भने भिडियोलाई कमल ज्ञवालीले सम्पादन गरेका हुन् । यस्तै भिडियोमा रमन खान तथा पूजा बोहराले उत्कृष्ट अभिनय गरेका छन् । बोहरा चर्चित लोकगायक सागर बोहराकी छोरी हुन् । भिडियोको अफिसियल मिडिया पार्टनरमा गुल्मीन्युजडटकम र नेपालजापानडटकम रहेका छन् ।

त्यस्तै चर्चित गीत ‘साँईली’ शिर्षक माथि यसअघि नै फिल्म बन्ने पक्का भएको छ । ‘साइली’लाई बजारमा ल्याएको जीएच इन्टरटेनमेन्टले नै यो शिर्षक माथि फिल्म बनाउने घोषणा गरेको हो ।
कालिप्रसाद बाँस्कोटाको संगीत तथा शब्द र हेमन्त राणाको स्वर रहेको ‘साइली’गीतलाई दर्शक तथा श्रोताले अत्याधिक रुचाइरहेका छन् । युट्युवमा भिडियो हेर्नेको संख्या ७२ लाख नाघिसकेको छ ।
अफिसियल भिडियोमा गौरव पहारी र मेनुका प्रधानले फिचरिङ गरेका छन् ।

गुल्मीमा खिचिएको ‘साँईली’ को कभर भिडियो हेर्नुहोस:

Comments

comments

Comments are closed.