मध्यरातमा झरेको पहिरोमा पुरिएर एकको मृत्यु, ५ घाइते

  •  
  •  
  •  
  •  
  •  

अनिल खत्री
गुल्मी असोज ५ । गुल्मीको शान्तिपुरमा गए राती मध्य रातमा गएको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ भने घटनामा ५ जना घाइते भएका छन् ।
राती चट्याङ सहित परेको पानीले शान्तिपुर १ बजारमै पहिरो खस्दा जुनिया गाविस ५ घर भै शान्तिपुर १ मा बस्दै आएका ३१ वर्ष दुर्गाबहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक महेन्द्र नेपालले जानकारी दिनुभयो । gulmi-shantipur-landslidesपहिरोले जुनिया ५ कै वर्ष ३५ का खेमराज थापा, उनकी श्रीमती ३२ वर्षिय सुनिता थापा, ७ वर्षिय छोरी बर्षा थापा, ३ वर्षकी हिरा थापा र दिब्रुङ ६ का ३१ वर्षिय दिपक मगर घाइते भएको प्रहरीले जनाएको छ ।
राती १२ बजे पहिरो खसेपछि पहिरोमा च्यापिएकालाई स्थानीय र प्रहरीले तत्काल उद्धार गर्दा ५ जना लाई बचाएका थिए । अर्को तर्पm सुतेका ग्रिल उद्योग संचालक दुर्गाको तत्काल उद्धार गर्न नसक्दा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्गाले ५ वर्ष देखि शान्तिपुर बजारमा ग्रिल उद्योग चलाउ“दै आएका थिए । घाइतेहरुको शान्तिपुर स्थित स्थानिय स्वास्थ्य चौकीमा उपचार भैरहेको छ ।

Comments

comments

Comments are closed.