मदाने युवा क्लवको बार्षिक उत्सव भब्यताका साथ मनाइँदै

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, १६ असोज – मदाने युवा क्लव बाँझकटेरीले यो वर्ष पनि आफ्नो बार्षिक उत्सव भब्यताका साथ मनाउने तयारी गरेको छ । क्लबका अध्यक्ष जयप्रकाश भुसालले असोज २७ र २८ गते विगतका बर्षहरुमा जस्तै क्लबको बार्षिक उत्सव भव्यताका साथ सम्पन्न गरिने जानकारी दिए । 0cfwzluh

बार्षिक उत्सव कार्यक्रममा भलिबल प्रतियोगिता, सांस्कृतिक कार्यक्रम, सम्मान तथा गाविसलाई क्याट्रिङ सामग्री वितरण गरिने बार्षिक उत्सवका कार्यक्रम संयोजक शिशिर भुसालले बताए । क्लवको स्थापना २०६६ सालमा भएको हो ।

क्लवले आँखा शिविर संचालन, स्वास्थ्य सामग्री वितरण, शैक्षिक सामग्री वितरण, अग्नी पीडितलाई राहत, बाढी पहिरो पीडितलाई राहत, जनचेतनामुलक कार्यक्रम लगायतका काम गर्दै आएको र आगामी दिनमा समेत गर्ने सचिव विक्रम जिएमले बताए । गाविसमा एम्बुलेन्सको व्यवस्था मिलाउने लक्ष्य समेत क्लबले लिएको छ ।

को को आउँदै छन् कलाकारहरु 
ncfsgk1lक्लवले आयोजना गर्ने सांस्कृतिक कार्यक्रममा बसन्त थापा, भूमिका गीरी, तारा थापा मगर, सन्तोष लम्साल शिशिर भुसाल सांस्कृतिक कार्यक्रममा आउने क्लवले जनाएको छ । सुनिल थापा, कुञ्जमणी थापा, विक्रम जिएम, कमलसिंह झाँक्री, सपना भण्डारी, पोषण जिएम, निराजन डाँगी अनिल थापा मगर लगायतका कलाकार कार्यक्रममा सहभागी हुने क्लवले जनाएको छ ।

बाँकटेरीमा विहान ७ बजेदेखिनै कार्यक्रमहरू संचालन गरिने क्लवले जनाएको छ । क्लबका अनुसार उक्त कार्यक्रम फरक स्वादको हुने छ । प्रत्यक्ष दोहोरीको घम्साघम्सीमा पनि रमाउन पाइने अध्यक्ष भुसालले बताए । उनले मादल, बाँसुरी, ढालोक, हार्मोनियम लगायतका साम्रगी बजार प्रत्यक्ष दोहोरी समेत सञ्चालन गरिने बताए ।

Comments

comments

Comments are closed.