मदाने गाउँलाई गुल्मीकै नमुना बनाउँछु: उम्मेदवार कुवँर

  •  
  •  
  •  
  •  
  •  

गुल्मी । आसन्न स्थानीय तहको निर्वाचनमा गुल्मी जिल्लाको पश्चिमी ईलाका मदाने गाउँ पालिकामा नेपाली काँग्रेसबाट अध्यक्षका प्रत्यासी महेन्द्रबहादुर कुवँरले जनताका अनिवार्य आवश्यकता आफ्नो प्राथमिकतामा रहेको बताउनु भएको छ ।

विकासका हिसाबले अलि पछाडी परेको गुल्मी जिल्लाको क्षेत्र नं ३ स्थित मदाने गाँउपालिकामा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका कुँवरले जिल्लाकै नमुना गाउँ पालिका बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । उहाँको पहिलो प्राथमिकता जनताको सामान्य समस्या केन्द्रित देखिन्छ । विकासको लागि छुट्टाएको बजेट बाड्ने घोषणा अन्य उम्मेदवराहरुले गरीरहदा कुँवर भने आफू विजयी हुदा गाउँपालिका अध्यक्षको रुपमा आउने तलबको कोष खडा गरेर जनताको समस्या सम्वोधन गर्न सोचमा हुनुहुन्छ । उहाँले यस अंगाडी नै आफ्नो बुवाको नाममा पुरकोट दहमा रहेको पृथ्वी माध्यमिक बिद्यालयमा छात्रबृत्ति अक्षयकोष स्थापना गर्नु भएको थियो ।
mahendra bahadur kunwar
सो कोषबाट अहिले गरिव तथा असाहाय बालबालिकालाई पाठ्य सामाग्रि सहयोग गर्दै आएको छ । ‘मैले अनावश्यक कुरा गरेर जतता ढाट्दिन, जे गर्न सक्छु त्यही मात्रै जनतालाई भनेको छु ।’ उहाँले भन्नुभयो–‘गाउँपालिका अध्यक्षको लागि राज्यले तलव तोकि सकेको छ, त्यो बाहेक केही पैसा पनि जम्मा गरेर एउटा कोष बनाउने सबै वडाध्यक्षले निकाल्ने गरी बैक खाता खोलेर कम्तिमा यस्ता समस्या समधान गर्ने मेरो प्रतिवद्धता छ ।’ त्यस्तै औषधि किन्न नसक्ने, अस्पताल जान नसक्नेहरुलाई पनि यो कोषबाट सहयोग गरिनेछ । त्यस्तै गरीव तथा असाह्यका छोराछोरीको पठनपाठनमा पनि त्यो कोष प्रयोग गरिनेछ– उहाँले भन्नुभयो । सिम आटचौरमा चिस्यान केन्द्र बनाउने र त्यहा उत्पादन भएका कृषि समाग्री बजारमा पु¥याउने व्यवस्था गर्ने ।

प्रत्येक हप्ता हाटबजार खुलाउने र किसानलाई आवश्यक मलखाद विउ भण्डारणको व्यबस्था मिलाउने कुवँरको योजना छ । सबै वडामा मोटरबाटो पु¥याउने, व्यबसायिक अर्गानीक खेती, पशुपालनलाई प्राथमिकतामा राख्नुभएका कुवँरले स्थानीय पोखरी, वडाचौर, भनभने, अस्कुना, गाडापारिड, सिर्सेनी, भुजुङ्गे, पोखरा, होलबाङ, सोइरे, अग्लुङ्गफेदी, पातलकटेरी, पटौटी, मलागिरी, काउले, डुममारे, झुल्के हुँदै स्थानीपोखरीको रिङरोडलाई यथाशिघ्र अध्ययन गरी निर्माण गर्ने सम्मका उहाँका योजना छन् । मदानेलाई सुन्दर र पर्यटकीय क्षेत्र रुपमा विकास गर्ने योजना उहाँको छ । प्रत्येक वडामा मावि बनाउने र सार्वजनिक विद्यालयलाई पनि निजी क्षेत्रका विद्यालयसँग प्रतिष्पर्धा गराउन आवश्यक पहल गर्ने उल्लेख गर्नुभएको छ ।

कुँवरले ख्याती प्राप्त विश्वविद्यलयसँग सम्बन्धन लिएर गाँउपालिकामा बहुमुखि क्याम्पस स्थापना गर्ने कुरालाई पनि विशेष महत्व दिनुभएको छ । स्वास्थ्य क्षेत्रलाई स्तरबृद्धी गरी प्रत्येक वडामा सुविधा सम्पन्न स्वास्थ्य सेवा दिने उहाँले बताउनु भयो । २०१७ सालमा राजा महेन्द्रले सत्ता हत्याएपछि काशिनाथ गौतमसँग प्रजातन्त्र प्राप्तीको आन्दोलन र शाही कदमको विरुद्धमा लागेको भन्दै उम्मेदवार महेन्द्र कुँवरका पिता चेतबहादुर कुँवरले पाल्पा कारागारमा नौ महिने कठोर जेल जीवन विताउनु भएको थियो । २००८ सालमा यस अघिको पर्कोट गाविसमा जन्मिनु भएका कुँवरले पनि नेपाली कांग्रेसद्वारा आव्हान गरेका सबै आन्दोलनमा सकृय सहभागिता जनाउनु भएको थियो । २०३६ सालको जनमत संग्रहमा बहुदलको पक्षमा खुलेर लागेका कुँवर २०३७ देखि २०६८ सालसम्म स्वास्थ्य क्षेत्रको सरकारी सेवामा काम गर्नुभयो ।

Comments

comments

Comments are closed.