मजुवामा स्थानिय निकायको केन्द्र माग

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
गुल्मी, असोज–४ । गुल्मीको तुराङ्ग गाविस सहित आसपासका ९ वटा गाविसहरु जोडेर मजुवा दमुका र सोता आसपासमा अव बन्ने स्थानिय निकायको केन्द्रको माग स्थानिय नागरिकले माग गरेका छन् ।

  रुपकोट , तुराङ्ग , वलिथुम , हँुगा, जुनिया , जुभुङ्ग, आँपचौर जोहाङ्ग र पल्लीकोटका राजनैतिक दल , त्यहाँका शिक्षक बुद्धिजिवीहरु सर्वसाधरण सम्म पुगेर संयुक्त निर्णय गरी आज दरमुकाम तम्घास आई स्थानिय विकास अधिकारी डिलाराम पन्थी र यहाँका सवै राजनैतिक दलहरु समक्ष उक्त माग पत्र पेश गरेका छन् ।

    उनिहरुले त्यहाँ रहने स्थानि निकायको नामकरण समेत गरेर रुद्रवती गाउँ पालिका हुनु पर्ने माग गरेका छन् । अव बन्ने गाउँपालिकामा एउटा २५ हजार भन्दा माथी जनसख्या आयोगले निर्धारण गरे अनुरुप त्यहाँका राजनैतिक दलहरुले त्यो आधार पनि पेश गरेका छन् ।

   रुपकोटमा ३ हजार ५ सय १८ जन संख्या रहेको , तुराङ्गमा ३ हजार ९ सय २२ , वालिथुममा ३ हजार ९ सय २ , हुँगामा ३ हजार २ सय ८४ , जुनिया २ हजार ८ सय ४७ , जुभुङ्गमा ३ हजार ८ सय ७१ , आँपचौरमा ३ हजार ९ सय , जोहाङ्गमा ४ हजार ३ सय ४२ र पल्लीकोटमा २ हजार ८ सय ६२ सहित अव बन्ने स्थानिय निकायमा ३२ हजार ४ सय ४८ जन संख्या रहेको उल्लेख गरिएको छ ।

     प्रस्तावित गाउँ पालिकाका भित्र पहिचालनको आधारका रुपमा रुद्रवती नदी सन्नीकट रहेको उल्लेख छ । सामथ्र्यको आधार पेश गर्दै प्रस्तावित गाउँ पालिका भित्र प्राकृतिक श्रोत साधनले भरिपुर्ण रहेको , खानेपानी , सिंचाई, शिक्षा , स्वास्थ्य , सञ्चार, विद्युत , उद्योग कलकारखानाका लागि उपयुुक्त रहेको , खुुल्ला ठाउँ रहेकोले वस्ती विस्तारको पर्याप्त सम्भावना रहेको , जोखिम रहित, धार्मिक, सांस्कृतिक , प्राकृतिक , पर्यटकिय सम्भावना बोकेको रिडी रुद्रवेणी , वामीटक्सार वुर्तिवाङ्ग सडक खण्ड , सालझण्डी पटौती खज्र्याङ्ग जुभुङ्ग मजुवा शान्तिपुर खण्ड र स्थानिय सडक सञ्जालले गर्दा सुगम रहेको उनिहरुले दावि गरिएको छ । 

  राज्यद्धारा लगानी भएर बनेका भौतिक संरचनाहरु पनि पर्याप्त रहेको उल्लेख छ । त्यस्तै अव बन्ने स्थानिय निकायमा हुनु पर्ने शैक्षिक संस्था पनि पर्याप्त रहेको बताईएको छ । त्यहाँका राजनैतिक दलहरुले यदि गुल्मीमा जम्मा ९ वटा मात्रै स्थानिय निकाय बन्ने भए क्षेत्र नम्वर १ मा ३ वटा स्थानिय निकाय बनाउन सुझाव दिएका छन् ।

     जुनियाका पुराना समाज सेवी तथा गुल्मीका जिल्लाका पुर्व जिविस सभापति रहेका पुर्णबहादुर खत्रीले स्थानिय विकास अधिकारी डिलाराम पन्थीलाई उक्त माग पत्र पेश गर्दै मजुवामा स्थानिय निकाय नबनाईए त्यहाँका नागरिक जस्तो सुकै कदम चाल्न पनि पछाडी नपर्ने चेतवानी दिए । उनले पुरानो कुरा सुनाउँदै भने–‘२००८ सालमा अर्घाखाँची र गुल्मी जोडेर तत्कालिन प्रशासनिक निकाय गौंडा तम्घासमा बसेकोले मात्र सदरमुकाम तम्घास विच भागमा थियो , ठिकै थियो , जव २०२८ सालमा आर्घाखाँची छुट्टियो तव क्षेत्र नम्वर १ का जनतालाई सदरमुकाम तम्घास पल्ला छेउँमा परेको हुँदा हामीले उति वेलै हामीले सदरमुकाम मजुवामा हुनु पर्ने माग गरेका थियौ । तर लैजान सकेनौ तर अव भने हामीले मजुुवालाई स्थानिय निकाय बनाएरै छाड्ने अठोठका साथ ति सवै गाविसका सवै राजनैतिक दल एकमत भएका छौं । ’

   उक्त माग पत्रमा उल्लेख भएका सवै विवरणहरु मानका टिकाराम वहुमुखी क्याम्स तुराङ्गका सहायक क्याम्पस प्रमुख कमल न्यौपानेले स्थानिय विकास अधिकारी पन्थीलाई वाचन गरेर सुनाएका थिए । ति सवै गाविसका पार्टी प्रतिनिधी , शैक्षिक र अन्य संघ संस्था , उद्योगी व्यवसायी सहित झण्डै ५० जनाको सख्यामा सदरमुकाम आएका उनिहरुलाई स्थानिय विकास अधिकारी पन्थीले जिल्ला स्तरिय राजनैतिक दलहरु विचको छलफलमा पेश गर्ने प्रतिवद्धता जाहरे गरेका थिए ।

Comments

comments

Comments are closed.