भोली देखि गुल्मीमा व्याडमिन्टन क्षेत्रिय प्रतियोगिता हुने

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
गुल्मी, मंसिर– २२ । गुल्मीमा व्याडमिन्टन खेलको विकास भएको झण्डै ३० वर्ष पछि पहिलो पटक क्षेत्रिय स्तरको खेल प्रतियोगिता भोली देखि हुन गई रहेको छ । पश्चिमाञ्चलको १६ जिल्लाका खेलाडीहरु गुल्मीमा जमघट हुने भएकोले यस खेल प्रतियोगितालाई निकै महत्वका साथ लिईएको छ ।
आज विहान जिल्ला खेलकुद विकास समिति र नेपाल व्याडमिन्टन संघ गुल्मीले आयोजना गरेको पत्रकार सम्मेलनमा भोली देखि मंसिर २७ गते सम्म चल्ने व्याडमिन्टन प्रतियोगिताको अन्तिम तयारी पुरा भएको जानकारी गराईएको थियो ।
संघका अध्यक्ष महेश काउछाले गुल्मीमा व्याडमिन्टन खेलको विकास भएको लामो समय पछि क्षेत्रिय स्तरको खेल गुल्मीमा हुन गई रहेकोले जिल्लावासीले गर्वका साथ लिनु पर्ने बताएका थिए ।
उक्त खेलकुद प्र्रतियोगितालाई भव्य र सभ्य रुपमा सफल पार्न समितिका अध्यक्ष कृष्णप्रसाद भण्डारीले सवै पक्ष संग अपिल गरेका थिए । यस महत्वपुर्ण अवसरमा गरिएको गुल्मी बन्दलाई खेल अवधी सम्म केहि खुकुलो पार्न व्याडमिन्टन संघका सल्लाहकार वालसिंह काउछाले संयुक्त आन्दोलन परिचालन समिति संघ छलफल गर्ने बताएका छन् ।
भोली विहान पश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष खगराज पौड्यालले एक समारोहका विच व्याडमिन्टन खेल प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिएका छन् । उक्त खेल जिल्ला खेलकुद विकास समितिको कभर्डहलमा हुने भएको छ ।

Comments

comments

Comments are closed.