भीमसेन क्याम्पसमा धान्याञ्चल महायज्ञ

  •  
  •  
  •  
  •  
  •  

बागलुङ, २ फागुन । भीमसेन क्याम्पस बिहु बागलुङको शैक्षिक तथा भौतिक विकासमा सहयोग पु¥याउने उदेश्यले फागुन दोस्रो सातादेखि एक हप्ते धनधाञ्चल ज्ञान महायज्ञ सञ्चालन हुने भएको छ ।

फागुन १३ देखि २१ गतेसम्म भीमसेन उच्च मावि बिहु १ बागलुङमा धौलागिरि बागलुङ भीमसेन शैक्षिक तथा धार्मिक महोत्सव एवं श्रीमद्भागवत धनधाञ्चल ज्ञान महायज्ञ सञ्चालन गर्न लागेको मुल आयोजक समितिले जनाएको छ । महायज्ञ सम्पन्न गर्नका लागि तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएका छन् ।

महायज्ञ मुल आयोजक समितिले सोमबार बिहान बागलुङ बजारमा भेला आयोजना गरी प्रस्तावित काठेखोला गाउँ पालिकाको केन्द्रविन्दुमा रहेको भीमसेन क्याम्पसको स्तर उन्नतीका लागि आयोजित महायज्ञमा सक्दो सहयोग गर्न सबैमा अपिल गरेको छ ।
bhimsen campus
भेलाका सहभागीहरुले शिक्षाको विकासका लागि आयोजना गरिएको महायज्ञलाई सफल बनाउन सबैले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।
महायज्ञ मुल आयोजक समितिका वरिष्ठ उपाध्यक्ष भीमबहादुर खड्काले स्थानीयवासीका छोराछोरीलाई सहज रुपमा प्राविधिक सहितको शिक्षा दिनका लागि सञ्चालन गरिएको क्याम्पसलाई दिगो रुपमा सञ्चालन गर्न सबैको सहयोगको अपेक्षा गरिएको बताउनुभयो ।

भेलामा भीमसेन क्याम्पसबाट प्रत्यक्ष लाभान्वित हुने क्षेत्रका पाला, भीमापोखरा, धम्जा, तंग्राम, विहु, रेश र सिगाना गाविसबाट बागलुङ बजारमा आई बसोबास गर्ने विभिन्न पेशा व्यवसाय र समाजसेवामा क्रियाशिल व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

भेलाले महायज्ञ सफल पार्न बागलुङ बजार क्षेत्रका वासिन्दालाई परिचालन गर्नका लागि डिलबहादुर कार्की संयोजक र डिलप्रसाद कंडेल सहसंयोजक रहेको नगर स्तरीय सहयोग समिति गठन गरेको छ ।
यस्तै भेलाले जिल्ला स्तरमा प्रचार प्रसारको संयोजन गरी सहयोग गर्नका लागि नेपाल पत्रकार महासंघ बागलुङका पूर्व अध्यक्ष रामबहादुर जिसीको संयोजकत्वमा एक प्रचार समिति गठन गरेको मुल आयोजक समितिका उपमहासचिव भवानीप्रसाद कंडेलले जानकारी दिनुभयो ।

महायज्ञका लागि हालसम्म ५० लाख रकम सहयोगका लागि प्रतिवद्धता भैसकेको उपमहासचिव बालकृष्ण कंडेलले जानकारी दिनुभयो । महायज्ञ सम्पन्न गर्नका लागि जब्बरबहादुर लामिछानेको अध्यक्षतामा मुल आयोजक समिति लगायत विभिन्न उपसमिति गठन गरिएको छ ।

Comments

comments

Comments are closed.