घटना-दुर्घटनाभिडियो

भिडियो: बडिगाड गाउँपालिकामा जिप दुर्घटना हुँदा जे देखियो

गुल्मी, साउन ९ । छिमेकी जिल्ला बागलुङको बडीगाड गाउपालिका वडा नं ४ जलजला र वडा नं ५ ग्वालिचौरको वीचमा रहेको वादिपमा केहि समय अघि ध १ ज १८४ नंवरको यात्रुवाहक पीकअप जीप दुर्घटना भएको छ ।दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ ।

६ जना घाईते भएका छन् । घाईते मध्ये दुई जनाको अवस्था गम्भीर छ । जलजलावाट खर्वाङ तर्फ आउँदै गरेको सो जिप ब्रेक फेल भई सडकवाट झण्डै ७ सय मिटर तल खसेको थियो ।

मृत्यू हुनेहरुमा वडीगाड गाउँपालिका वडा नं. ४ जलजलाका हुमेन काउचा, बडिगाड गाउँपालिका वडा नं. ८ सिमाकका मुक्त पाइजा, वडा नं. ८ रणसिंहका नर वहादुर शेर्वुजा, र गाडिचालक वडिगाड ४ जलजलाका तुल वहादुर पुन रहेका छन् । तुलबहादुर पुन जिपका चालक हुन् ।

हेरौ रबिलाल पौडेलले तयार पार्नुभएको भिडियो:

Show More
Close

Adblock Detected

कृपया हजुरको ब्राउजरमा बिज्ञापन रोक्ने एप्लिकेशन डिसेबल गरेर हाम्रा समाचारहरु हेर्न सक्नुहुनेछ ।