भावविह्ल जानकी ज्ञवालीको स्मृति सभा

  •  
  •  
  •  
  •  
  •  

‘तेरो मेरो भन्छ मान्छे बाँचुञ्जेल यो जिन्दगीमा
लानु केहि छैन कुनै कुरा यहि माटोमा
यदि मृत्यु थाह हुन्थ्यो भने केहि सजग हुन्थ्यो कि त
सेवाभाव मनमा राखी असल काम गर्थ्यो कि त……….’
प्रेम सुनार
गुल्मी, पौष–२६ । सायद मान्छेको भित्री आत्माले आफ्नो मृत्युको पुर्व सुचना पाउँदो रहेछ र हो कि भन्ने जस्तो लाग्छ गुल्मीको सदरमुकाम तम्घासबाट सधैका लागि विदा लिएर हिडेकी समाज सेवी महिला जानकी ज्ञवाली गौतमले लेखेको माथीको त्यो अन्तिम कविता पढ्दा ।

उनको आज ४५ औं दिनको स्मृति सभा तम्घासको वालमन्दिरमा गरी रहँदा उनको त्यही अन्तिम कविता उनका देवर माधव गौतमले वाचन गरेर सुनाउँदा सहभागी सवैका आँखा रसाएका थिए । कार्यक्रम स्थल भावविह्ल बनेको थियो ।
भाषण कसैको थिएन् । उनै स्वर्गिय जानकी ज्ञवालीमा समर्पित कविता वाचन गरिएको थियो । स्कुले जिवन देखि कविता लगायत साहित्य क्षेत्रमा निरन्तर कलम चलाउँदै आएकी ज्ञवालीको तस्वीर आँखा वरीवरी घुमाउने बनाए वाचित ति कविताहरुले ।
यो दुनियाँमा थोरै समय दिन नसक्ने रहेछिन र उनले जिवनको छोटो समयमै धेरै समय समाज सेवामा आफुलाई अर्पित गरिन् । वालवालिका र महिला अधिकारको क्षेत्रमा विभिन्न संघ संस्थामा आवद्ध ज्ञवालीको भौतिक शरिर हामी माझ नभए पनि उनको योगदानले उनि सधैव जिवित रहने आयोजक संस्था नेपाल वुद्धीजिवी परिषदका केन्द्रिय सदस्य दानबहादुर केसीले बताए ।
जिल्लाका विध्वान तथा नेपाल नेत्रज्योति संघका उपाध्यक्ष शशी पन्थीले पनि ज्ञवालीको गुल्मेली जनताले सधैव चिरस्मण गरी रहने बताए । उनका भिनाजु सिताराम भट्टराई वोल्दा बोल्दै गला अवरुद्ध पारे, उनि धेरै बोल्न सकेनन्, ज्ञवालीका श्रीमान शंकरप्रसाद गौतम एक शव्द उच्चारण गर्दा गर्दै भक्कानिए ।
सवैका आँखामा अश्र्धारा बग्यो । परिवारजन र आफन्तजनका तर्फबाट ४५ औं दिनको पुण्य तिथीका अवसमा १ लाख ५१ हजार १ सय ५१ रुपैयाँ धनराशीको जानकी साहित्यीक पु्रस्कारका लागि अक्षय कोष पनि स्थापना गरियो ।
यसो खाली भयो कि कलम चलाई रहने धर्मपत्नी जानकीको चिरस्मरणका लागि उक्त अक्षय कोषको स्थापना गरिएको जिविस गुल्मीका कार्यक्रम अधिकृत समेत रहेका शंकरप्रसाद गौतमले बताए ।
उक्त कविता उपचार गर्न हिड्नको अघिल्लो दिन लेखेर विस्तरामा छाडेकी धर्मपत्नी ज्ञवालीको त्यो कागज अन्तिम कोशेलीका रुपमा चुम्दै जतन गरे खल्तीमा गौतमले राख्दा आँशु नबागाउने मानिस त्यहाँ कोहि थिएन ।
आज भन्दा २० वर्षि अघि २०५३ सालमा गौतम संग वैवाहिक सम्वन्धमा बाँधिएकी ज्ञवालीको दाम्पत्य जिवन लोभलाग्दो थियो । जति वेला पनि हंसमुख र कसैलाई पिर पार्ने शव्द उच्चारण गर्न नसक्ने उनिहरुका दुई सन्तान पनि वावु आमाकै शिष्टता पछ्याई रहेका छन् ।
छोरी १८ वर्षकी रहेकी छिन् । छोरा १२ वर्षका छन् ।दुई सन्तान ईश्वको वरदान भन्ने युक्तीलाई शिरोधार्य गरी रहेका वेला आज भन्दा ७ वर्ष अघि ज्ञवालीमा व्रेनट्युमरको समस्या देखा प¥यो ।
अप्रेशन गरेर निको पनि भयो । उनले नवजिवन पाए पछि लामो दाम्पत्य जिवनको सपना साँची रहेका गौतमले कल्पनै नगरेको वियोग मंसिर १२ गते भोग्नु प¥यो । काठमाण्डौ गएर उपचार गरी वुटवल फर्किएकी जिवन संगीनी ज्ञवाली एक्कासी अचेत भई सधैका लागि त्यस दिन देखि गुमाए उनले ।
२०३३ साल चैत्र १६ गते गुल्मीको वलेटक्सार ४ स्थित पिता गंगादत्त ज्ञवाली र माता गायत्री ज्ञवालीको कोखबाट कान्छी छोरीका रुपमा जन्मीएकी ज्ञवालीलाई नपुग केहि थिएन् ।
तर न उनि विवाह अघि नै भड्कीलो लवाई खुवाईमा लागिन नत सरकारी अधिकृत श्रीमान गौतम संग विवाह भएर नै । सदा जिवन उच्च विचारकी उदाहरणीय पात्र जानकी ज्ञवालीको जिवन जिउने प्रकृया आफ्नो औकात अनुसार नभई औसत नेपाली महिलको हैसियत अुुनसार रही रहेको थियो ।
सेतो गुलाव संस्थाले सञ्चालन गरेको वाल विकास सेवा कार्यक्रमकी संयोजक , महिला मनवअधिकार रक्षक सञ्जालकी उपाध्यक्ष , मैत्री वहुउद्देश्य सहकारी संस्थाकी तालिम तथा शिक्षा समितिकी सदस्य थिईन् ।
त्यस्तै नेपाल बुद्धिजिवी परिषद रेसुङ्गा नगर समितिकी कोषाध्यक्ष लगायत दर्जनौ सामाजिक संघ संस्थामा अवद्ध रहेर भुल्नै नसक्ने छापा गुल्मेलीहरु माझ छाडेकी ज्ञवाली देशका विभिन्न स्थानका अधिकारकर्मी महिलाहरुका सामु समेत परिचीत थिईन् ।
आयोजक संस्था नेपाली बुद्धिजिवी परिषद रेसुङ्गा नगर समितिका अध्यक्ष गणेश श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव धर्मराज पोखरेलको सञ्चालन रहेको थियो ।

Comments

comments

Comments are closed.