भाडगाउँका बस्नेत बन्धुको कुल पुजा सम्पन्न

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार

गुल्मी, मंसिर–२२ । गुल्मी भाडगाउँका वस्नेत बन्धुको कुल पुजा आज सम्पन्न भएको छ । रेसुङ्गा नगरपालिका ३ भाडगाउँका ३० घरधुरी बस्नेत बन्धुले आज पारी पोखरा भन्ने देवस्थानमा कुल पुजा गरेका हुन् । नौमति वाजगाजा सहित गरिएको शुक्ल पक्षको अष्टमी तिथीका दिन प्रत्येक ५ वर्ष हुने गरेको छ ।

उनिहरुले प्रत्येक वर्ष कुल पुजा गरे पनि निम्तालु सहित को भव्य कुल पुजा प्रत्येक ५ वर्षमा गर्ने गरेका हुन् । कार्यक्रमा बस्नेत समज गुल्मीका सचिव शेरजंग बस्नेतले बस्नेत बन्धुहरुको वंशवलीको वारेमा प्रकाश पारेक थिए ।कुल पुजाको अवसरमा बृद्ध बृद्धा र सहयोगदातालाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा भानिज पर्ने कुलबहादुर कुँवरको प्रमुख आतिथ्यता रहेको थियो ।

मानबहादुर बस्नेतको अध्यक्षतामा भएको कुल पुजा विशेष समारोहमा बस्नेत समाज गुल्मीका सचिव अनिल बस्नेतको सञ्चालन रहेको त्यहाँबाट मोहन बस्नेतले जानकारी दिए । उनका अनुसार आज कुल पुजा हुने र भोली भोज भतेर गरिने गरिनेछ ।

Comments

comments

Comments are closed.