जिल्ला समाचार

भष्ट्राचार बिरुद्ध गुल्मीमा हस्ताक्षर संकलन तथा प्रभातफेरी

टोपलाल अर्याल
गुल्मी, भदौ २३ । जिल्लाका दुई संस्थाहरुको आयोजनामा भष्ट्राचार बिरुद्ध हस्ताक्षर संकलन तथा प्रभातफेरी गरिएको छ । एकिकृत ग्रामिण विकास समाज र इन्सेक गुल्मीको सयुंतm आयोजनामा गुल्मी दरवार गाउँपालिका १ को बलिथुममा हस्ताक्षर संकलन तथा प्रभातफेरी गरियो ।

कार्यक्रममा वडाअध्यक्ष राम बहादुर पल्ली, सदस्यहरु बसुन्धरा नेपाली, बुद्धि प्रसाद पोख्रेल, सुर्य बहादुर कुवंर, स्वास्थ्यचौकी प्रमुख रिकमान श्रेष्ठ, पशु प्राविधिक नारायण पन्थी लगायतलाई हस्ताक्षर सहित प्रतिबद्धता गराइएको छ । साथै विभिन्न भष्ट्राचार बिरुद्धका प्ले कार्ड सहित प्रभातफेरी पनि गरिएको छ । इन्सेकले भष्ट्राचार बिरुद्ध शुन्य सहनशिलता अन्तरगत ‘म सवै खाले भष्ट्रचारको बिरोध गर्दै, सदाचार प्रति सधै प्रतिवद्ध रहन्छु’ भन्ने राष्ट्रिय हस्ताक्षर अभियान शुरु गरेको छ ।
gulmi samachar
साथै एकिकृत ग्रामिण विकास समाजद्धारा संचालित एफ एच आई ३६० जिल्लामा शुसासनको क्षेत्रमा काम गर्दै आएको छ । भष्ट्रचार के हो ? नेपालको अवस्थामा भष्ट्राचार लगायतको बिषयमा एकिकृत ग्रामिण विकास समाजका अध्यक्ष हिरा एसी, कार्यकारी निर्देशक गणेश श्रीपाली र इन्सेक प्रतिनिधी टोपलाल अर्यालले जानकारी दिए । सोहि क्रममा दुवै संस्थाद्धारा संकलन गरिएका हस्ताक्षर सहितको व्यानर वडाअध्यक्ष राम बहादुर पल्लीलाई बुझाइएको छ । हस्ताक्षर सहितका व्यानर बुझदै पल्लीले आफ्नो कार्याकालमा कुनै पनि प्रकारका भष्ट्राचार नगर्ने र हुन पनि नदिने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रमको संचालन एफ एच आई ३६० परियोजनाका लेखा अधिकृत प्रिजम श्रेष्टले गरेका थिए ।

Show More
Close

Adblock Detected

कृपया हजुरको ब्राउजरमा बिज्ञापन रोक्ने एप्लिकेशन डिसेबल गरेर हाम्रा समाचारहरु हेर्न सक्नुहुनेछ ।