भरतपुर महानगरमा मतगणनामा आनाकानी

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
जेठ–१ । वहुप्रतिक्षित भरतपुर महानगरपालिकाको मदगणना अहिले सम्म सुरु हुन नसके पछि त्यहाँ राजनैतिक दलहरु आक्रोषित भएका छन्् । ‘हिजो साँझ ८ वजे बाट सुरु हुन्छ भनियो , फेरी आज विहान ११ वजेबाट सुरु गर्ने भनियो तर अहिले तिन बज्नै लाग्दा पनि अझै सुरु हुन सकि रहेको छैन’– माओवादी केन्द्रका केन्द्रिय सदस्य बुद्धि जिसीले भने–प्रमुख निर्वाचन अधिकृतले खै किन यसरी आनाकानी गर्नु भएको छ बुझ्नै सकिएन् । ’
मेयर पदकी उमेदरवार रेणु दाहले पनि यसरी ढिला गर्नुको कारण आफुले बुझ्न नसकेको गुनासो गरिन् । यस सम्वन्धमा प्रमुख निर्वाचन अधिकृत कविप्रसाद न्यौपाने संग सम्पर्क राख्दा उनले आफुले छिट्टै गन्न चाहे पनि दलहरुले नमानेको आरोप लगाए ।
‘मैले ल्याउनुस तपाईहरुका वाकास झिेकेर भोट गनि दिन्छु भनेकै छु तर उहाँहरु मान्नु भएको छैन् ’– प्रमुख न्यौपानेले भने । के विवाद छ र ? भन्ने प्रश्नमा उनले अहिले छलफल छ पछि कुरा गरौला भन्दै फोन राखे ।

Comments

comments

Comments are closed.