समाचार

भरतपुर महानगरपालिकामा रेणु दाहाल विजयी

उपमेयरमा कांग्रेसकी पार्वती साह विजयी

भरतपुर, साउन २१ । भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी उम्मेद्वार रेणु दाहाल विजयी भएकी छन्।

कांग्रेस-माओवादी गठबन्धनकी संयुक्त उम्मेद्वार रेणु दाहालले निकटतम् प्रतिद्वन्द्वी एमालेका उम्मेद्वार देवी ज्ञवालीलाई हराउँदै महानगरपालिकाको पहिलो महिला मेयर भएकी हुन्।

शुक्रबार भएको वडा नम्बर १९ को मतदानपछि भएको हरेक मतगणनामा अग्रता लिएकी दाहालले अन्ततः विजयी भएरै छोडिन्।
Parwati-and-Renu-
मतगणना सुरू हुनेबेलासम्म ८६४ मतले पछाडि परेकी रेणु १९ नम्बर वडाको गणना सकिएपछि मतान्तरलाई २५७ मा ल्याएकी थिइन्।

यस्तै उपमेयरमा भने नेपाली कांग्रेसकी पार्वती साह विजयी भइन्। कांग्रेस-माओवादी गठबन्धनकी संयुक्त उम्मेद्वार साहले फराकिलो मतान्तरमा एमालेकी उपमेयर उम्मेद्वारलाई हराएकी हुन् । -सेतोपाटीबाट

Show More
Close

Adblock Detected

कृपया हजुरको ब्राउजरमा बिज्ञापन रोक्ने एप्लिकेशन डिसेबल गरेर हाम्रा समाचारहरु हेर्न सक्नुहुनेछ ।