भदौरे झरीले धेरैलाई रुझाउँदै र मन बुझाउँदै

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार

गुल्मी, साउन–१८ । चर्चित मोडल करिश्मा ढकालको करिश्मा नै देख्न पाईने आकर्षक नृत्यमा निर्देशक विक्रम चौहानले साथ दिएका छन् हालै वजारमा आएको–‘ रुझायो भदौरे झरीले… ’ वोलका तीज गीतकोे म्युजिक भिडियोमा ।tij-git-4

हाल सम्मका तीज गीतहरुका म्युजिक भिडियोहरु मध्ये निकै आकर्षक मानिएको उक्त तीज गीतमा सुमधुर स्वर दिएर सुनमा सुघन्ध थपेका छन् लोक गायक महेन्द्र भण्डारी र गायिका पवित्रा सर्तुङ्गे मगरले ।

समय सान्धर्भिक र मौलिक तीज गीतहरुलाई समेट्न भरपुर कोशिस गरका छन् शव्द संकलक गमल बिसी र शिव कुँवरले । त्यस्तै लयमा संञ्जय बिसीले निकै मेहनत गरेका छन् ।

उक्त गीतको परिकल्पना गायक महेन्द्र भण्डारीले नै गरेका हुन् । भण्डारी भन्छन् –‘यस गीतका लागि धेरै महिना देखि मैले निकै मेहनत गर्नु प¥यो , फलस्वरुप वजारमा आएको एक हप्तामै दर्शक श्रोताले असाध्धै रुचाई दिनु भयो, खुशी लागेको छ । ’

tij-git-3उनले थपे–‘पछिल्लो चरण दोहरी गीतहरु र तीज गीत कुन हो भनेर छुट्टाउन मुस्कील पर्न थालि रहेको बेला हाम्रा परम्परागत तीज गीतहरुको मौलिकता पच्छ्याउन हाम्रो टिमले निकै मेहनत गरेको छ र विशेषतः बुढीपाकी आमा दिदी वहिनीहरुले दिएको सुझाव सल्लाह प्रति आभार प्रकट गर्दछु ।’

काठमाण्डौको सुन्दर दृश्य, मोडल करिश्मा ढकाल र विक्रम चौहान साथमा राजु मगरले नृत्यमा पृथकता दिन निकै प्रयत्न गरेकोले पनि दर्शकले रुचाएको पाईन्छ । रेसुङ्गा टेलिभिजनबाट प्रशारण हुन थाले लगत्तै उक्त गीतले राम्रो वजार लिएको त्यस टेलिभिजनका सांगितिक कार्यक्रम सञ्चालक सविन क्षेत्री बताउ छन् ।

शिव दर्शन डिजिटलले वजारमा ल्याएको रुझायो भदौंरे झरीले … वोलको उक्त तीज गीतले पानी परेकै बेला पनि महिलाहरुलाई नाच्न तम्साउने भएकोले महिलाहरुलाई रुझाउन र मन वुझाउनमा सफल हुने शिव दर्शन डिजिटलकी कार्यकारी प्रमुख गायत्री थापा वताउँ छिन् । मालाश्री रेकर्डिङ्ग स्टुडियोमा तयार पारिएको उक्त गीतको संगित संयोजन आशिष अविरलले गरेका हुन । करिव २५÷ २६ वटा लोक दोहोरी गीतहरुमा आवाज दिई सकेका गायक भण्डारीको तीज गीत भने यो पहिलो हो । हेरौ गित युट्युबमा :

हेरौ केहि फोटोहरु :

[wzslider lightbox=”true”]

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *