भगेरी चरी संगै आकाशिदै शिलु भट्टराई

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
गुल्मी, भदौं–२३ । धेरै गीत गाएर चर्चित कलाकार बनिन्छ भन्ने भ्रम कलाकारले पाल्नु भन्दा स्तरिय एउटा मात्र गीत गाउन सके श्रोताको मन मटुमा बस्न सकिन्छ भन्ने कुरामा ढुक्क भए हुन्छ । यसको ज्वालन्त उदाहरण हो गायिका शिलु भट्टराईको यसपालिको तिज गीत ।silu
उनि स्वयमले समेत थुप्रै गीत गाईन तर खासै चर्चामा थिईनन तर जव यसपालीको तिजमा भगेरी चरीले मैदानमा लरीलरर् वोलको तिज गीत गाईन तव भने उनको गायन क्षेत्रको भाउ आकशिदै गएको छ ।
बृद्ध बृद्धा र पाका महिलाहरुले मन पराउनु त स्वभाविक थियो नै भंगेरी चरीले बोलको उक्त गीत तर शहरिया युवती देखि ग्रामिण भेगका वाल वालिलक सम्मको ओंठमा उक्त गीत झुण्डीन थाले पछि स्टेज प्रोग्राममा उनको माग एकाएक बढ्दै गयो र कलाकारले पाउने पारिश्रमिकको भाउ पनि ह्वात्दै बढ्यो ।
तीज सकियो तर तीज संग जोडिएका कार्यक्रमहरु चलि रहेकै छन् । साउने सक्रान्तिबाट सुरु भएको तीज कार्यक्रम भदौं ३१ गते सम्म आयोजना गरिएको छ । यस विचमा शिलुलाई भ्याई नभ्याई छ । शिलु भन्छिन् –‘चर्तित गायक खुमन अधिकारी संग कृष्णवावुको शव्दमा जुन गीत मैले गाउने अवसर पाएँ त्यो मेरा लागि गंँड गिफ्ट नै बन्यो । ’
कुनै समय सामन्य रकममा पनि स्टेजमा गीत गाएको सम्झना ताजै छ तर अहिले त्यसै एउटा गीतको चर्चाले राम्रै पारिश्रमिकमा स्टेज तताउने अवसर पाएकी छु र दिनमा चार पाँच वटा कार्यक्रम समेत भ्याउनु पर्ने व्यस्तता प्राप्त गरेकी छु । ’
युट्युवमा साढे ९ लाख भ्युज पाएको भंगेरी चरी वोलको तीज गीत गाउनका लागि गुल्मीका विभिन्न स्थानमा आएकी शिलु तीज गएर पनि तिज कै गीत गाउन व्यस्त भएको बताउँछिन् । आज भन्दा ५ वर्ष अघि घुमपाकुमघुम बोलको तीज गीत गाएकी शिलुका लोक दोहरी र रोईला सहित हाल सम्म २० वटा गीतहरु बजारमा आएका छन् ।
अव छिट्टै राजु परियार संग गाएको लोक दोहरी र दशैं सम्वन्धि गmबलयचबलवबल लभधकीत अव छिट्टै बजारमा आउन लागेको बताउने शिलुले यहि एउटा तीज गीत हिट भयो भनेर मख्ख परेर बस्ने अवस्था भने छैन् । किन कि उनको गायन क्षेत्रको उज्वल भविश्य अवका गीतहरुले निर्धारण गर्ने देखिन्छ । उनि गुल्मी सिमीचौरकी चेली हुन् । विगतमा उनि व्युटिशियन पेशाबाट यस क्षेत्रमा लागेकी हुन् । गीत संगै उनि मोडलिङ्ग पनि गर्ने गरेकी छिन् ।

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *