भक्तपुरमा जेसीबीको ठक्करबाट गुल्मीका गौतमको मृत्यु

  •  
  •  
  •  
  •  
  •  

भक्तपुर । भक्तपुरको ताथलीमा गाडीको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । शनिबार बिहान पौने १२ बजेतिर अनटेष्ट लेखिएको जेसीबीको ठक्करबाट गुल्मी घर भई हनुमान ईंटा कारखाना बस्ने ३० वर्षीय गौतम विकको मृत्यु भएको हो ।

गौतमको उपचारको क्रममा युवा मोरा अस्पताल भक्तपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ । सवारी साधनसहित चालकलाई महानगरीय प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएको छ ।

Comments

comments

Comments are closed.