बैदेशिक रोजगारका क्रममा गर्भवती, सडकमा सुत्केरी

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
बैशाख–२१ । नेपाली चेली बैदेशिक रोजगारमा छँदा उनको अस्मीता रक्षा गर्ने कर्तव्य हरेक नेपालीको हो तर नेपालीले नै एक नेपाली चेलीलाई गर्भवती बनाएर यति वेला अलपत्र पारेका छन् ।
दुवईको बैदेशिक रोजगारमा रहेकी दाङ्गको तुल्सीपुर नगरपालिकाकी २८ वर्षिया डिला नेपालीलाई हेटौडा घर बताउने विनोद तिवारी भन्ने व्यक्तिले दुवईमा गर्भवती बनाएर अलपत्र पारेको नेपालीले बताईन् ।
दुई वर्ष अघि दुवईमा पुगेकी नेपाली संग फोन सम्पर्क मार्फत तिवारीले प्रेम सम्वन्ध राख्दै उनले काम गर्ने स्थानबाट निकालेर अन्यत्रै राम्रो काम लगाई दिन्छु भनेर आफ्नो कोठामा ल्याएको नेपालीको भनाई छ ।
उनले भनिन– ‘११ महिना सम्म आफ्नो कोठामा राख्यो । गर्भधारण गरायो । मैले मेरो घरमा छोरा छोरी छन् उक्त गर्भपतन गराउँछु भनें । उसले मानेन् । घर पठाउँछु उहि गएर सन्तानको जन्म देउ भन्यो र पठायो । घरमा कुरा गरी सकेको छु काठमाण्डौंमा घरका मान्छे लिन आउँछन भन्यो । तर काठमाण्डौंमा ओर्ले पछि न उसको घरमा कोही लिन आए न त उनले फोन नै उठाए ।’
काठमाण्डौंको नयाँ पसपार्क स्थित एक होटलमा ओर्लेर सुत्केरी व्याथा लागे पछि अलपत्र बनेकी उनलाई ओखलढुङ्गाको नवलपुर घर भई काठमाण्डौंको नयाँ वस्तीमा डेरा गरी बस्ने विन्दु सुनुवार किराँतीले सडकबाट उठाएर संरक्षण दिएकी थिईन् ।
आज नवौं दिनकी सुत्केरी रहेकी नेपालीलाई हिजो प्रधानमन्त्रीका स्वकिय सचिवालय सदस्य भरत पाण्डेको विशेष सहयोगमा निज तिवारी विरुद्ध बौद्ध प्रहरीमा उजुरी दिईएको जनाईएको छ । सोही प्रहरी कार्यालय मार्फत उनको संरक्षणका लागि माईती नेपाल संग पनि सम्पर्क गराईएको बताईएको छ ।
उता दुवईबाट तिवारीले नेपाली र उनलाई संरक्षण दिएकी किराँतीलाई फोन मार्फत मानसिक तनाव दिने गरेको उनले बताईन् । आफुले चलाउने फोन बन्द गरेर निज तिवारीले आफ्नो साथी मार्फत तनाव दिने गरेको र सन्तान जन्माए पछि हुर्काउने जिम्मेवारी पनि आमाकै हो भनेर खिल्ली उडाउने गरेको, आफुलाई समेत धम्काउने गरेको किराँतीले बताईन् ।
‘म आफु एक्लै छु, खासै पैसा भएको मान्छे पनि होईन् तै पनि एक नारीले अर्को नारी विपद्मा पर्दा सहयोग गर्नै पर्छ भन्न्ने ठानेर सुत्केरी स्याहर सुसार गरेकी हुँ, किराँतीले रुदै भनिन–‘अब धेरै अर्काको घरमा राख्न सक्दिँन , उनको उद्धारका लागि सहयोग गरी दिनु प¥यो । ’
दाङ्ग स्थित वेलप्रसाद नेपालीकी श्रीमति रहेकी डिला नेपाली यस अघि श्रीमानको कुटपिट सहन नसकेर कुवेद पुगेकी थिईन् । ‘चार वर्ष सम्म कुवेद बसेर घर आए पछि पनि श्रीमानको रातै दिनको कुटाई पिटाई र हेलत्व सहन नसकेर फेरी दुवई पुगेकी थिएँ, नेपालीले भनिन् –‘११ महिना अघि त्यही तिवारीले ३ ÷ ४ हजार मासिक तलव पाउने राम्रो काम खोजी दिन्छु भनेर ईल्लीगल बनाएर आफु संग राख्यो । बच्चा फाल्छु भन्दा जेल हाली दिन्छु भनेर डर देखायो अहिले घर जाउ भनेर पठाएको मान्छेले फोन नै बन्द गरेर बस्यो । म घर न घाट भएँ । ’
उनको दाङ्ग स्थित एक छोरा र एक छोरी रहेको बताईन् । अहिले साथमा एक पैसा नभएको र उनै किराँतीले स्याहर सुसार गरेको प्रति उनले आभार प्रकट गरिन् । उनलाई सहयोग गर्न चाहनु हुने महानुभावले किराँतीको मोवाईल नम्वर ९८६१७२२१५० मा सम्पर्क राख्न सक्नु हुनेछ । दुवईस्थित निज तिवारीले काम गर्ने कम्पनीको नाम लभध कभाकभतधबथ कगउभचmबचपभत रहेको छ ।

Comments

comments

Comments are closed.