बेलायतमा बाज बजाएर स्वदेशका अपाङ्गलाई सहयोग

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
गुल्मी, भाद्र–२५ । बेलायतमा कार्यरत गुल्मेलीहरुले २०६६ साल देखि विश्व सामु नेपाली नौमति बाजा चिनाएका मात्र छैन् त्यस बाट प्राप्त आम्दानीले वर्षेनी गृह जिल्लाका अपाङ्गहरुको उद्धारका लागि सहयोग समेत पठाउने गरेका छ ।
बृटिश सेनाबाट अवकास प्राप्त गुल्मीका ओमप्रसाद थापा ( काउछा मगर ) ले २०६६ सालमा बेलायमै प्रथम नौमति वाज युके समुह गठन गरी यस्तो कार्य गर्दै आएका हुन् । गुल्मी जिल्ला समाज युकेका संस्थापक समेत रहेका थापाले वेलायतमा नौमति वाज बजाएर भएको आम्दानीबाट उक्त समुहले आशा अपाङ्ग केन्द्र तम्घास गुल्मी मार्फत यहाँका अपाङ्गहरुलाई आत्मनिर्भर बनाउने कार्य गर्दै आएको हो ।
हरेक वर्ष जस्तै यस वर्ष पनि बेलायतबाट नौमति वाजा समुहले १ लाख रुपैयाँ सहयोग पठाएको त्यस केन्द्रकी प्रवन्धक गंगा रायमाझीले जानकारी दिईन् । प्रथम नौमति वाजा गुल्मी युके समुहका अध्यक्ष थापाले हाम्रा मौलिक वाजाहरु लोप हुन थालिरहेका बेला आफ्नो समुहले वेलायतमा मात्र नभई विश्व सामु चिनाउन सफल भएको र त्यसबाट प्राप्त आम्दानीले समाज सेवाको क्षेत्रमा खर्च गर्ने गरेको बताए ।
त्यसका अलवामा व्यक्तिगत रुपमा समेत अध्यक्ष थापा र उनका समुहका पदाधिकारी र सदस्यहरुले यहाँका गरिव , असाहयहरुको उद्धार र प्राकृतिक विपदमा परेकाहरुलाई सहयोग गर्दै आएका छन् ।
प्रवन्धक रायमाझीका अनुसार व्यक्तिगत रुपमा समुहका सदस्य ओम बुढाथोकीले २ सय ६० पाउण्ड , पुर्ण वलालले १ सय ११ पाउण्ड , संयोजक थापाले १० पाउण्ड र समुहको तर्फबाट ३ सय ३४ पाउण्ड पठाएका छन् । त्यस रकमबाट केन्द्रले अपाङ्गहरुको उपचार गनै र उनिहरुलाई सिपमुलक तालिम दिने , रोजगारीको व्यवस्था मिलाई दिने गरेको छ ।

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *