मनोरन्जन

बुद्ध लामा बने पहिलो नेपाल आइडल

पोखराका बुद्ध लामा एपीवान टेलिभिजनबाट प्रशारित ‘नेपाल आइडल’को विजेता भएका छन् ।

कतारको दोहामा भएको ग्राण्ड फिनालेमा सबैभन्दा बढी भोट पाएर लामा पहिलो नेपाल आइडल भएका हुन् ।

दोहाको ओमसलाल अल सानिम ईण्ड्रस्ट्रिय एरिया ग्राण्डमलको एम्पीथिएटर हलमा भएको कार्यक्रमा मोरङका निशान भट्टराई फस्ट रनरअप र ललितपुरका प्रताप दास सेकेन्ड रनरअप भएका छन् ।
BuddhaLama
आइडलका विजेताले २० लाख रुपैयाँ, महिन्द्रा केयूभी १०० गाडी र १५ लाख रुपैयाँको एल्बम कन्ट्र्याक प्राप्त गर्नेछन्। यस्तै दोस्रो हुनेले १५ लाख रुपैयाँ पुरस्कार रहेको छ। यस्तै आइडलको तेस्रो स्थानमा हुने प्रतियोगीले १० लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

ग्राण्ड फिनालेमा बुद्ध, निशान, प्रतापसहित १२ प्रतिस्पर्धीहरु (सागर आले, सुरज थापा, सुजाता पाण्डे, सन्ध्या जोशी, उल्सन श्रेष्ठ, प्रमिला राई, राहुल विश्वास, मेनुका पौडेल, केञ्जलमेहर श्रेष्ठको दमदार प्रस्तुति दिएका थिए । -सेतोपाटीबाट

Show More
Close

Adblock Detected

कृपया हजुरको ब्राउजरमा बिज्ञापन रोक्ने एप्लिकेशन डिसेबल गरेर हाम्रा समाचारहरु हेर्न सक्नुहुनेछ ।