बुटवलबाट तम्घास आउँदै गरेको जिप दुर्घटना १२ घाईते

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
गुल्मी, पौष–२१ । आज दिउँसो करिव साढे ११ वजेको समयमा पाल्पामा सडक दुर्घटनामा परी १२ जना घाईते भएका छन् । वुटवलबाट तम्घास आउँदै गरेको लु १ ज १६८९ नम्वरको जिप र विपरित दिशाबाट आई रहेको लु ३ प ६९१९ नम्वरको मोटरसाईकल पाल्पाको ढुङ्गाखानी भन्ने स्थानमा ठोक्कीदा मोटर साईकलमा सवार २ जना सहित जिपमा सवार १२ जना घाईते भएको जनाईएको छ ।

घटना स्थलमा प्रत्यक्ष रिर्पोटिङ्ग गरी रहेकी रेसुङ्गा टेलिभिजनकर्मी ईन्द्रा पटेलका अनुसार जिप करिव ३० मिटर तल खसेको छ । तिव्रगतिमा दुवै सवारी साधन आवत जावत गरेका कारण नियन्त्रण भन्दा बाहिर गएर एक अर्कामा ठोक्कीने पुगेको बताईएको छ ।
जिपका यात्रुहरु सामन्य घाईते भए पनि मोटर साईकलमा सवार दुई जना भने गम्भीर घाईते छन् । यो समाचार तयार पार्ने वेला सम्म प्रहरी नपुुगेको छैन् र घाईतेको नाम विवरण पनि खुल्न सकेको छैन् ।

Comments

comments

Comments are closed.