अपडेट: गुल्मी जाँदै गरेको सवारी दुर्घटना हुँदा १ काे मृत्यु (मृतक र घाईतेहरुको नामावली सहित)

  •  
  •  
  •  
  •  
  •  

शिव सुबेदी । पाल्पामा भएको सवारी दुर्घटनामा गुल्मी मुसिकोटका ५२ बर्षका बसन्त बहादुर कार्कीकाे निधन भएको छ । धुर्कोट रजस्थल ४ निवासी बर्ष ३२ का प्रकाश कार्की,वामिका भिमलाल सापकोटा गम्भिर घाईते भएका छन ।
घाईते हुनेहरुमा धुर्कोट रजस्थल ७ निवासी बर्ष २६ का भरत केसी, हस्तिचौर ५ निवासी बर्ष ३० का पदम बहादुर थापा,मुसिकोट अमराई निवासी बर्ष २० का बिष्णु रायमाझी रहेका छन् । त्यस्तै अन्य घाईतेहरुमा रेसुङगा नगरपालिका बडा न ३ का बर्ष १९ का सोमलाल कुवंर,अमरपुर ७ निवासी बर्ष २६ का रामचन्द« पराजुली,रेसुङगा नगरपालिका बडा न ५ निवासी बर्ष २३ का किरण कुवंर,नयागाउ ९ निवासी बर्ष २१ का सावित्रा पोखरेल,जैसिथोक बडा न ९ का बर्ष ४६ का राम बहादुर खत्री, रहनुभएको छ । घाईतेको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भईरहेको छ ।
palpa-bus-crash
बुटवल देखि तम्घासका लागि हिँडेको माइक्रो बस पाल्पाको अर्गलिमा दुर्घटना हुदा ११ जना घाइते भएका थिए । ११ जना यात्रु लिएर हिडेको लु १ ज २४४८ नम्बरको उक्त माइक्रो तिब्र गतिमा रहेको र गति नियन्त्रण गर्न नसक्दा भित्तामा ठोक्किन गइ दुर्घटना भएको थियो।

Comments

comments

Comments are closed.