बिश्व साइकलयात्री पुष्कर शाह सहित ५० जना काठमाडौंबाट साईकल चलाएर रिडी हुँदै भार्से पुग्ने

  •  
  •  
  •  
  •  
  •  

रिडि, चैत्र २ । चर्चित बिश्व साइकलयात्री पुष्कर शाह लगायत झण्डै ५० साइकल यात्रीहरु काठमाडौंबाट साईकल चलाएर रिडी हुँदै भार्से पुग्ने भएका छन् । गुल्मी भार्से बिश्व सम्पर्क समाजले आयोजना गर्न लगेको साइकल यात्राको क्रममा उक्त टोलि रिडि हुँदै भार्से पुग्न लागेको हो ।

नया बर्षको अबसरमा गर्न लागिएको उक्त साइकल यात्रासंगै प्याराग्लाइडिङ पनि गरिने छ। यस संबन्धलाई लिएर हिजो गुल्मी भार्से बिश्व सम्पर्क समाज र रुरु फ्रेन्डस क्लबका पदाधिकारिहरुका बिच अन्तर्कृयात्मक कार्यक्रम सम्पन्न भएको छ।
अन्तर्कृयामा बोल्दै क्लबका अध्यक्ष राम लाल बिकले साइकल यात्रीलाई रिडिमा सक्दो सहयोग तथा स्वागत गर्न आतुर रहेको बताउनुभयो । साइकल यात्रीहरुको टोलि बैशाख १ गते रिडि आइपुग्ने कार्यक्रम रहेको छ । -रुरु नेटवर्क

Comments

comments

Comments are closed.