बिश्वकर्मा ग्रामीण समाजले देउसीबाट झन्डै दुई लाख रुपैँया संकलन

  •  
  •  
  •  
  •  
  •  

छबिलाल पाण्डे
बुर्तिबाङ, कार्तिक १७ गते । बिश्वकर्मा ग्रामिण समाज बुर्तिबाङ ले यस बर्षको देउसि भैलो कार्यक्रमबाट सामाजिक भवन बनाउने भन्द्र करीब २ लाख रुपैया सँकलन गरेको छ ।
बुर्तिबाङ क्षेत्रमा बिभिन्न स्थानबाट बसाई सराई गरी आएका बिश्वकर्मा समुदायका सँस्थामा आबद्ध समुहले चार दिन बजार आसपासका क्षेत्रमा देउसि खेलेर १ लाख ९२ हजार ररकम उठाउन सफल भएको र गत बर्षको ६१ ह्जार तथा बिदेशमा रहेका बिश्वकर्माहरुबाट पठाएको १ लाख ९३ हजार गरी हाल सम्म बुर्तिबाङमा केहि बर्षमै बनाउने लक्ष्य लिईएको सामाजिवक भवन निर्माणका लागि ३ लाख ९२ हजार रकम सँकलन भईसकेको सँस्थाका कोषादक्ष पृथिमान श्रीपालीले बताउनु भयो ।
उहाँका अनसार बुर्तिबाङ आसपासमा सामाजिक भवन बनाउने उदेश्य सहित सञ्चालीत सँस्थाले बिभिन्न क्षेत्रबाट आर्थिक अभियान सँकलन अभियान सञ्चालन गरीरहेको क्षेत्र नँ ३ का २० गाविुसलाई समेट्ने लक्ष्यका साथ खोलीएको सँस्थामा हाल सम्म अधिकारीचौर, बोङगादोभान, खुँखानी र खँुगा गाविसका दलीतहरुले सहयोगि हात अगाडि बदाईरहेको र ईच्छुक देखिएको बताउनु भयो ।

Comments

comments

Comments are closed.