बिरबासमा दुई युवामाथी सामुहिक आक्रमण, कुट्ने समुह पक्राउ

  •  
  •  
  •  
  •  
  •  

टोपलाल अर्याल
गुल्मी, १ असार । गुल्मी दरवार गाउँपालिका ४ को बिरवासमा कुटपीट गर्ने चार जनालाई प्रहरीले गिरफ्तार गरेको छ । कुटपीट गर्ने सोहि स्थानका ३६ बर्षिय बिशाल सोमरे, २२ बर्षिय प्रेम सोमरे, ३४ बर्षिय पदम पल्ली र २७ बर्षिय ज्ञानु रेश्मीलाई प्रहरीले गिरफतार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरिक्षक सत्य नारायण यादवले बताए ।

कुटपीटिबाट गुल्मी दरवार गाउँपालिका ४ का ३४ बर्षिय सुर्य बहादुर पल्ली र ओम बहादुर रजाली घाइते भएका छन् । दुवैजनाको टाउकोमा गम्भीर चोट लागेको जिल्ला अस्पताल तम्घासले जनाएको छ । आरोपित युवाहरुको समुह बिरवास बजारमा भोज भैरहेको एक होटलमा पुगेर एक्कासी कुटपीट गरेको घाइते सुर्य बहादुर पल्लीले बताए । ‘पदम पल्लीले होटल बाहिर बोलाएपछि म बाहिर आएँ,’ उनले भने,‘ त्यसपछि एक्कासी टाउकोमा रडले हाने ।’ घाइते पल्लीले आफुलाई राजनैतिक प्रतिसोधका कारण आक्रमण गरेको बताए ।

पल्ली नेपाली सेनामा सल्यानमा कार्यरत छन् । उनी अहिले घर बिदामा थिए । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक महेन्द्र नेपालले मादक पदार्थ सेवन, पुरानो रिसिवी र केहि राजनैतिक प्रतिसोधले घटना घटेको बताए । ‘कुट्नेहरु हिरासतमा छन, अनुसन्धान गरिरहेका छौ’ नेपालले भने, ‘अहिले सम्म केहि पुरानो रिसिवी र मादक पदार्थ सेवन देखिएको छ, राजनैतिक प्रतिसोध पनि हुनसक्छ ।’ कुटपीट गर्ने युवाहरु कांग्रेस र कुटिने युवाहरु एमाले समर्थक कार्यकर्ता भएको प्रहरीले जनाएको छ ।

यो घटनालाई जिल्ला तथा स्थानीय एमाले नेताहरुले नियोजित आक्रमण भएको बताएका छन् । नेकपा एमालेको तर्फबाट गुल्मी दरवार गाउँपालिका ४ विरवासका वडाध्याक्ष खुम बहादुर पल्लीले आफु माथी पटक पटक कांग्रेसहरुले धम्की दिनेगरेको तर अहिले अरु युवा कुटपीट भएको बताए । एमाले जिल्ला कमिटी सचिवालय सदस्य कृष्ण सुनारले नियोजित कुटपीटको बिरुद्ध प्रतिबाद भन्दा कानुनी उपचार खोज्ने बताए । ‘कांग्रेसले शक्ति देखाए हामी त्यो चाहेका छैनौ, उनले भने,‘पार्टी गुण्डा गर्दीले चल्दैन बिचारले चल्ने कुरा हो ।’

नेपाली कांग्रेस बिरवासका उमेदवार भुपेन्द्र कडेलले कुनै राजनैतिक प्रतिशोध नभएर बिबादमा धकेला धकेल हुँदा दुई जना घाइते भएको बताए । ‘पहिलेबाटै राजनैतिक रङ्ग देखिएको थियो, बुधबार घटना घट्यो,’कडेलले भने,‘साथीहरुलाई संम्यमित बनाएर ठुलो घटना हुन दिएनौ ।’ पीडितका आफन्तले कुटपीट गर्ने आरोपित बिरुद्ध प्रहरीमा उजुरी दिने तयारी गरेका छन् । घाइते दुवै जनाको जिल्ला अस्पताल तम्घासमा उपचार भैरहेको छ ।
फोटो ः आक्रमणमा घाइते भई जिल्ला अस्पताल तम्घासमा उपचारार्थ सुर्य बहादुर पल्ली र ओम बहादुर रजाली ।

Comments

comments

Comments are closed.