बिद्यालयमा प्राथमिक स्वास्थ्य सम्बन्धी प्रशिक्षण सम्पन्न

  •  
  •  
  •  
  •  
  •  

अनिश शर्मा गेरे,
भाद्र ३० गते, वामी गुल्मी । त्रिभुबन उमाबि कुर्घा भुवाचिदीमा रहेको सामान्य प्राथमिक उपचार सम्बन्धी बिशेष प्रशिक्षण सम्पन्न भएको छ । बिद्यालयमा रहेको नेपाल जुनियर रेडक्रस सर्कल तथा स्काउटका बिद्यार्थीहरुलाई प्रशिक्षण दिइएको थियो । कार्यक्रममा प्रथामीक उपचारको बिषयमा कुर्घा उपस्वास्थ्य चौकीका प्रमुख पुष्कर गौतमले प्रशिक्षण दिनुभएको थियो भने रेडक्रस सर्कलका शिक्षक सहनायक निलम कुमार शर्माले रेडक्रसको पृष्ठभुमी, यसका सिद्धान्त लगायतको बिषयमा प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा बिद्यालयका प्राचार्य तथा रेडक्रसका संरक्षण राम बहादुर थापाको प्रमुख आतिथ्यता रहेको थियो । उपस्थित सहभागीहरुले आफुहरुलाई धेरै सहयोग पुगेको बताएका थिए ।

गुल्मी जिल्लाको हरेक स्थानिय तहको चुनावी अप्डेट छिन-छिनमा पाउनको लागि गुल्मीन्युजको पेज लाईक गर्नुहोला ।
(यदी पहिले नै लाइक गर्नु भएको छैन भने मात्र)

Comments

comments

Comments are closed.