बिद्यालयको भवन निर्माणमा सशस्त्र प्रहरीको श्रमदान

  •  
  •  
  •  
  •  
  •  

गुल्मी, असार २३ । सशस्त्र प्रहरी बल गुल्म गुल्मीले आज जिल्ला स्थित एक प्राथमिक बिद्यालयमा श्रमदान गरेको छ । गुल्मी जिल्ला रेसुङ्गा नगरपालिका -७ कुँडापानी स्थित श्री अर्जुन प्राथमिक बिद्यालयमा निर्माणाधिन भवनको निर्माण कार्यमा गुल्मले श्रमदान गरेको हो ।
गुल्मका गुल्मपती दिगविजय सुवेदी सहित १५ जना सशस्त्र प्रहरी कर्मचारीहरुले बिहान १० बजे देखि बेलुका ५ बजे सम्म श्रमदान गरेका हुन् । साधनश्रोतको कमीका बाबजुत पनि निर्माणाधिन ५ कोठे भवनको माटो हटाउने, ढुङ्गा फुटाउने तथा जग राख्ने काम सम्पन्न भएको शसस्त्र प्रहरी कार्यालय गुल्मीमा प्रमुख प्रहरी नायव उपरिक्षक दिग विजय सुवेदीले बताउनुभयो ।
सदरमुकाम नजिकै रहेर पनि बिद्यालयको भवन लगायत अन्य कुराहरुमा खासै बिकासको गति नल्याएको भन्दै बिद्यालय ब्यबस्थापन समितिको आग्रह अनुसार सशस्त्र प्रहरी बलले समय मिलाएर श्रमदान गरेको र अन्य दिनहरुमा समेत श्रमदान जारी रहने सुवेदीले बताउनुभयो । २०३९ सालमा स्थापना भएको श्री अर्जुन प्रा.बि.को ५ कोठे पुरानो भवन ७ जना शिक्षक र ४० जना बिद्यार्थी रहेको बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष खडानन्द पाण्डेले बताउनुभयो ।
APF Gulmi

APF Gulmi

APF Gulmi

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *