बिद्यार्थीलाई स्वास्थ्य सामाग्री बितरण

  •  
  •  
  •  
  •  
  •  

अनिल खत्री
गुल्मी फागुन ९ । गुल्मी जिल्लाको उर्लेनी स्थित रानीपोखरा निम्न माद्यामिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई गुल्मीको एक संस्थाले स्वास्थ्य समाग्री बितरण गरिएको छ ।

तम्घास क्याम्पसरोड निवासी समाजसेवी मान बहादुर एण्ड मायाँदेवी फाउन्डेसनको आर्थिक सहयोगमा बिद्यालयमा रहेका १ सय ४८ जना विद्यार्थीहरुका लागी एक कार्यक्रमका बिच दात माझ्ने ब्रस र पेस्ट बितरण गरिएको हो । जिल्लामा अबस्थित सशस्त्र प्रहरी बल गुल्मको आयोजना गरेको कार्यक्रममा सो सामाग्री बितरण गरिएको थियो ।
फाउन्डेसनबाट प्राप्त सामाग्री बिद्यालयको परिसरमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी बल गुल्मीका गुल्मपती डिएसपी दिग बिजय सुबेदीले सामाग्रीहरु बितरण गरेका हुन । जिल्लामा सरसफाइ तथा बिपद ब्यबस्थापन् सम्बन्धी सचेतना फैलाउने कार्यक्रममा सक्रिय हुँदै आएकोमा यस पटक बिद्यालयमा स्वास्थ्य सचेतना सम्बन्धी कार्य गरौ भन्ने लागेर यो कार्य गरिएको डिएसपी सुबेदीले बाताए ।
कार्यक्रममा डा. दीपेन्द्र कुँवरले दात माझ्ने बिधी समेत् विद्यार्थीहरुलाई प्रयोगात्मक् रुपले सिकाएका थिए । बिहान र बेलुका खाना खाइ सकेपछी दात माझ्न डा. कुँवरले विद्यार्थीहरुलाई सुझाएका छन् । कार्यक्रममा समाजसेवी मान बहादुर श्रेष्ठ, ज्ञानेसवोर श्रेष्ठ, लोक दोहोरी प्रतिष्ठान गुल्मीका अध्यक्ष जनक पन्त, बिद्यालयको शिक्षक शिक्षाकाहरुको समेत उपस्थिती रहेको थियो । जिल्लाका अन्य बिद्यालयहरुमा पनि स्वास्थ्य सम्बन्धी कार्यक्रम आगामी दिनमा थप गर्दै लगिने फाउन्डेसनका अध्यक्ष ज्ञानेसवोर श्रेस्ठले बाताए ।

Comments

comments

Comments are closed.