मनोरन्जन

‘बिग बोस’ छोड्दै सलमान, अब अक्षय कुमारले होस्ट गर्ने

मुम्बइ। लगातार १० सिजनसम्म रियालिटी शो ‘बिग बोस’ होस्ट गरेका सलमान खानले अब यो शो छोड्दैछन् । आउँदै गररेको एघारौं सिजन सलमानको अन्तिम सिजन हुनेछ । सलमानले छोडेपछि १२ औं सिजनदेखि यो शो अक्षय कुमारले होस्ट गर्ने बताइएको छ ।

रिपोर्टमा अनुसार अब सलमान ११ औं सिजनपछि सोनी टिभीको अर्को रियालिटी शो १० का दममा फर्कंदैछन् । खबरअनुसार कलर्सले सलमानपछि अक्षय कुमारलाई होस्ट बनाउने तयारी गरेको छ । सबै योजनाअनुसार भएमा १२ औं सिजन अक्षय कुमारले होस्ट गर्नेछन् । अक्षय कुमार आफ्नो फिल्मको प्रमोसनको लागि बिग बोसमा कैयौं पटक गएका छन् ।
salaman-khan-759

Show More
Close

Adblock Detected

कृपया हजुरको ब्राउजरमा बिज्ञापन रोक्ने एप्लिकेशन डिसेबल गरेर हाम्रा समाचारहरु हेर्न सक्नुहुनेछ ।