“बिकासको पुल बनेर काम गर्ने इच्छा छ”: वडा अध्यक्षका उम्मेदवार अर्याल

  •  
  •  
  •  
  •  
  •  

अनिल खत्री
गुल्मी जेठ २३ । गुल्मीमा चौतिस वर्ष सम्म अध्यापन गराई रहेका एक शिक्षकले अध्यापन छोडेर वडा अध्यक्षमा उम्मेदवारी दिएका छन् । रुरु गाउँपालिकाको वडा नं. २ ग्वादीबाट उम्मेदवार बनेका घनश्याम अर्याल लामो समय सम्म शिक्षक पेसालाई बिश्राम गरी वडा अध्यक्षमा उम्मेदवार बनेका छन् ।

२०४० सालबाट सरकारी जागिरे अर्थात शिक्षण पेसामा प्रबेश गरेका शिक्षक अर्यालले नेकपा एमालेको तर्फबाट वडा अध्यक्षमा उम्मेदवार राजिनामा दिएका हुन् ।

अध्यापनबाट धेरैलाई शिक्षा दिएर समाज परिर्वतनमा भुमिका निभाए शिक्षक अर्यालले भने ‘अब समाज सेव गर्ने इच्छा छ त्यसका निम्ती वडा अध्यक्षको उम्मेदवार बने ।’

धेरै कामहरु शिक्षक सेवामा रहदा पनि गरियो शिक्षक अर्यालले भने, ‘अब निर्वाचित जनप्रतिनिधी बनेर काम गर्ने इच्छा आयो त्यसका लागी सबैको सहयोग रहने छ ।’

“समाजमा परिर्वतनमा शिक्षित वर्गको महत्वपुर्ण जिम्मेवारी र भुमिका रहन्छ”, उनले भने, ‘त्यसको निम्ती हामी पछी हटेर होइन समाजमा केहि गरेर परिर्वतन ल्याउनु पर्छ ।’ बिकासका निम्ती जनप्रतिनिधी महत्वपुर्ण पाटो हो शिक्षक अर्यालले भने, ‘निर्वाचित भए बिकासका निम्ती पुल बनेर काम गर्ने इच्छा छ ।’
निर्वाचनको मिती नजिकिए सँगै शिक्षक धनश्याम अर्याल यतिबेला गाउँमा घरदैलो अभियानमा व्यस्त छन् ।

Comments

comments

Comments are closed.