बिकाश भाई फेरी किन फोन गरेनौ ?

  •  
  •  
  •  
  •  
  •  

टोपलाल अर्याल
गुल्मी, साउन २५ । हिजो बिहान १०:३६ बजे मेरो मोवाइलमा फोन आयो, ‘दाई म बिकास भाई’ । मेरो मोवाइलमा नम्बर सेभ रैनछ, ‘बिकास भन्नाले ?’ मैले फेरी सोधे । ‘म सागरको भाई बिकास’ । ए ए भन भाई के छ खबर, मैले भने । ठिकै छ दाई, हजुरलाई एउटा दुख दिऊँ भनेर फोन गरेको । मैले ‘कस्तो दुःख ?’ भनेर सोधेँ, उनले भने एउटा नारा लेख्दिन प¥यो ।

उनले नेवि संघको चुनावमा को उठ्दै छ, त्यसैले प्रचारका लागी नाराको अडियो बनाउन खोजेको मलाई बताए ।
bikasमैले नारा लेख्नु सान्दर्भिक हुँदैन भाई नारा अरु कसैलाई लेखाउ, मैले रेडियोमा रेकर्ड गरेर पठाउँछु भने । मैले अरु कोहि खोज्छु, भएन भने हजुरले नै बनाएर पठाउनुपर्छ उनले भने । दाई एकछिनमा फोन गर्छु भन्दै फोन राखे मैले हुन्छ भने । खै के के गरे मलाई थाहा भएन, सोमबार उनले पनि फोन गरेनन म पनि अलि व्यस्त थिएँ । संयोग आज, हिजो विकाशले फोन गरेकै समय भएको रैछ । भर्खर अनलाइन थिएँ, केशव भाईले विकासको दुखद खबर मलाई च्याटमा भन्यो । उनको मोटरसाइकल दुर्घटनामा मृत्यु भयो । हे भगवान मैले त्यो कुरा पत्याउनै सकिन । बिकास निकट स्रोतहरुको फेसवुक स्टास हेर्न थाले ।

रामराज्य उमाविका प्रअ गुणाखर अर्यालको स्टाटस हेरेपछि, मुर्छित जस्तै भए, मलाई त्यो कुरा पत्याउन कर लाग्यो । मैले सम्झिए, दाई एकछिनमा हजुरलाई फोन गर्छु भनेको । मुटु छाम्दै अनलाइनका समाचार र तिम्रो फेसवुकका फोटा हेर्छु । मेरो एकतर्फि मनले अझै पनि भन्छ, विकासले फोन गर्न सक्छ, त्यो घटना सत्य होइन । अर्को मनले सोच्छ घटना सत्य हो, अव विकाशले फोन गर्ने छैन् । मैले त्यो भाइका फेसवुकका सवै फोटा हेरे, त्यो कलकलाउँदो जवानी र स्वरुप । उसको परिवार अनी जीवन । भेटमा मुसुक्क हाँस्ने, जहिले अरुको सम्मान छुच्याँइ नगर्ने । जहिले हाँसो मजाक गर्ने उनी, मैले सोध्थे कहिलेकाहिँ भाई तिम्रो जीवन यसरी नै बित्ने हो ? उनले हाँसेरै जवाफ दिन्थे, दाई मरेर लाने आखिर के छ । प्यारो भाई बिकाश तिमीले भनेको सत्य नै थियो, लैजान त केहि पनि लगेनौ । तर परिवार र साथीसंगी सवैलाई टुहुरो बनाएका छौ । बाबा आमालाई जीन्दगीभर शोक र रोग दिएका छौ, दाजुभाई आफन्तलाई पीडा दिएका छौ ।

हिजो बिदाईका हात हल्याउँदै अमेरिका पुगेको प्यारो साथी सागर । मैले अहिले सम्झिरहेको छु, तिमीले यो बज्र्रपात कसरी स्विकार गर्न सक्यौ । आदरणीय बाबा आमा, कृष्ण दाई भाउजु अनि बिन्दु दिदि, तपाइहरु कुन अवस्थामा हुनुहुन्छ । कहिलेकाँहि अचम्म पछिल्लो लाग्छ । हाम्रो गाउँ, टोल अनि छरछिमेकमा किन सुखद खबर भेटिदैनन ? अनि सुनिदैनन । एक्कासी छोरा सन्देशको खोलाले बगाएर मृत्यु भएको खबरले स्तब्ध बन्नुभएका कृष्ण रिजाल दाईको परिवार भावबिव्हल नै छ । भाउजु अझै मुर्छित जस्तै नै हुनुहुन्छ । भन्ने गरिन्छ, क्यान्सरले घरमा एक जना मात्र मर्छ, उसले दिने पीडा कम हुन्छ । किनकी धेरै पहिले देखिनै उ मर्ने लगभग निश्चीत हुन्छ । जसको दुर्घटनामा मृत्यु हुन्छ, उसको परिवारमा धेरै मर्छन वा मरेतुल्य नै बन्छन् । किन की मृत्यु र पीडा अकस्मात हुन्छ । सवै भनेर हिडेको हुँदैन, मर्दैछु भन्दैन, हिसाव किताव हुँदैन । जसले लामो समय सम्म असर पार्ने गर्दछ ।

आमा शोकमा रुन्छिन, खाना खाने र खुवाउने बेल रुन्छिन, चाडपर्वमा रुन्छिन, उ संगैका साथीसंगी देख्दा रुन्छिन, उसले दिएका स्मरणमा पनि रुनेनै भइन अनि बार्षिक तिथी, मितिमा पनि रुन्छिन् । त्यसपछिको बाँकी जीवन मलाई लाग्छ आमाहरुले रोएरै बिताउँछन् । पीडा जरजर नै हुन्छ । भुल्न कस्ले कति सक्छ, त्यति मात्र फरक कुरा हो । बिकाश भाई भावीको लेखा तिम्रो लागी जति दिन थियो, त्यो समय सुखद रह्यो । हिजो दुनियाँ हसायौ आज तिनीहरुलाई रुवाएर, शोकाकुल बनाएर गएका छौ । त्यो तिम्रो आत्मालाई शान्ति मिलोस् । शोकाकुल परिवारजनमा शोकलाई शक्तिमा बदल्ने उर्जा मिलोस हार्दिक समवेदना तथा दिवंगत बिकाश प्रति हार्दिक श्रद्धाञ्जली ।
अल बिदा, विकाश

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *