बालुवा चाल्नलाई परिचय पत्र आवश्यक

  •  
  •  
  •  
  •  
  •  

पाल्पा । रुरु क्षेत्रधाम रिडी गुल्मीमा अबदेखि ढुँगा, गिटी, बालुवाको काम गर्नका लागि परिचय पत्र बनाइने भएको छ। मजदुरहरुको संख्या दिन प्रतिदिन बढ्दै जानु त्यस माथि स्थानीयको काममा समेत बाधा आएकाले परिचय पत्र बनाउन लागिएको गुल्मी योजना अनुगमन तथा प्रशासकीय अधिकृत सरोजकुमार पोखरेलले बताए।
आइतबार जिविस गुल्मीको आयोजनामा रिडी क्षेत्र ढुंगा, गिटी, बालुवा उर्जा सम्बन्धि अर्न्तक्रिया कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै पोखरेलले मजदुरलाई यो कुरा बताएका हुन्। अन्तरक्रिया कार्यक्रममा जिविस गुल्मीका उर्जा अधिकृत चिरञ्जीवि भट्टराई, नासु भीमसेन थापाको टोली जिविस कार्यक्रम अधिकृत शंकरप्रसाद गौतम, निवर्तमान गाविस अध्यक्ष केशरमान श्रेष्ठ, उपाध्यक्ष चन्द्रलाल कसजू, क्रियाशील राजनैतिक दलका पार्टी प्रमुखहरु, पत्रकार सुरक्षाकर्मी, नागरिक मञ्च, महिला समूह, नागरिक समाज लगायतको कार्यक्रममा आतिथ्यता रहँदै विषयवस्तुहरु माथि छलफल गरिएको थियो।
कार्यक्रममा सहभागीहरुले सकेसम्म रुरु धामको नदीजन्य वस्तुहरु निकाल्न लगाउने, निकाल्नै परेमा पनि निश्चित स्थान तोकेर मात्रै निकाल्नु पर्ने, ठेकेदार मजदुरबीच समधुर सम्बन्ध भई कार्य गर्नुपर्ने जस्ता विषयहरु माथि छलफल गरिएको थियो। कार्यक्रममा गाविस सचिव रामप्रसाद ज्ञवालीको संयोजकत्वमा १३ सदस्य रिडी क्षेत्रको ढुंगा, गिटी, बालुवा व्यवस्थापन समितिको गठन गरिएको हो। जसमा चन्द्रलाल कसजु, रामलाल वि.क., रामचन्द्र भट्टराई, चेतबहादुर क्षत्री, सुवर्णलाल कक्षपति, किशोरकुमार श्रेष्ठ, प्रहरी प्रमुुख केशवराज भट्टराई, मजदुका तर्फवाट नरेन्द्र रेश्मी, अनु बोहोरा, रहेका छन् त्यसैगरी महिलाका तर्फबाट, सप्तचण्डी महिला धना राना, चेतनशील महिला समूह रहेका छन्।
gitti baluwa ridi
साउन १ गतेदेखि गुल्मी जिल्लाको नदीजन्य बस्तुहरु जिल्ला भन्दा बाहिर निकासी गर्न नपाइने गुल्मीका स्थानीय विकास अधिकारी डिलाराम पन्थीले बताए। कार्यक्रम जिविस कार्यक्रम अधिकृत शंकरप्रसाद गौतमले कार्यक्रमको सहजीकरण गरेका थिए। भने कार्यक्रमको अध्यक्षता गाविस सचिव रामप्रसाद ज्ञवालीको रहेको थियो। -ईकरुवा डट कमबाट

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *