बाढिले बढिघाटको खेतलाई बगर बनायो

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
गुल्मी भदौ–१५ । असार साउनभरी आएको अविरल वर्षाले बढिघाट खोलाबो बाढि ईतिहाँसमै बढेर आए पछि त्यस खोला लाईनका सयौं रापनी हरभरा खेतहरु इति वेला सुख्खा बगरमा परिणत भएका छन् ।malebagar-badhi
उल्लिी खोला देखि मजुवा, ईन्द्रगौंडा, भुवाचीदी र वामी टक्सार सम्मका सयौ रोपनी खेतहरु बगरमा परिणत हुँदा महीहरु प्पुप्पुरोमा हात समाउने भएका छन् ।
त्यस माथी खोला बसेको आफ्नै खेतको वालुवा पन्छाउन प्रहरी प्रशासनले रोक लगाए पछि उनिहरु चोट माथी चोट भएर आक्रोषित बनेका छन् ।
तुराङ्गका पुर्व गाविस अध्यक्ष एवं पुर्व जिल्ला विकास समितिका सदस्य चेतन बस्नेतले जनताले आफ्नै खेतमा पसेको वगर आफैले पन्छाउन नदिने यहाँको प्रहरी प्रशासन विरुद्ध कडा कदम चालिने चेतावनी दिए ।
चोरकाटे, तल खैरेनी खाल्टीका सयौं रोपनी खेत पनि बगरमा परिणत भए पछि त्यहाँका जनता ठुलो मर्कामा परेको स्थानियवासी ज्ञानु खरेलले बताए । उनि सहित त्यस भेगका जनताहरु ठुलो मर्कामा परेका छन् र प्रहरी प्रशासनको रवैया विरुद्ध आक्रोषित भएका छन् । स्थानिय विकास अधिकारी डिलाराम पन्थीलााई उदृत गर्दै स्थानिय समाज सेवीहरुले प्रमुख जिल्ला अधिकारीले नै त्यसो गर्न रोक लगाएको गुनासो गरे ।
प्रम्ख जिल्ला अधिकारी उदयबहादुर रानालाई यसवारे सोध्धा उनले आफुले त्यस्तो कुनै रोक नलाएको प्रष्ट पारे । स्थानिय विकास अधिकारी पन्थीको ध्यानकृष्ट गराउँदा उनले विपत अघिको निर्णय अनुसार ओसार पसार गर्न रोक लगाईएको र अब छिट्टै बैठक बसेर अर्को निर्णय गर्न लागिाएको जानकारी दिए ।
जिल्लाको माथील्लो निकायमा त्यस्तो खासै निर्देशन नभए पनि विशेष गरी मजुवा प्रहरी चौकीका केहि जवानहरुले स्थानियवासीलाई बढि दवाव दिने गरेको गुनासो गरिएको छ ।

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *