बाग्लुङको ग्वालीचौर र गुल्मीको पौदी अमराई जोडने वालुवा पुलको उद्घाटन

  •  
  •  
  •  
  •  
  •  

टोपलाल अर्याल
गुल्मी, १२ फागुन । बाग्लुङको ग्वालीचौर र गुल्मीको पौदी अमराई जोडने वालुवा पुलको नेकपा एमालेका सचिव तथा गुल्मी क्षेत्र नं ३ का सांसद गोकर्ण बिष्टले उद्घाटन गरेका छन् । २०७२ साल पुष महिनाबाट निर्माण थालिएको ७१ मिटर झोलुङ्घे पुलको बिष्टले उदे्घाटन गरेका छन् ।

उद्घाटन कार्यक्रमलाई संबोधन गर्दै खोलावारी र पारी रहेको गुल्मी र वाग्लुङको सम्बन्ध पुलले एकैठाउँ बनाएकोमा खुसी प्रकट गरे । उनले तत्काका झोलुङे पुलबाट जनजीवन सहज बनाएको बताउँदै केहि बर्षमा पक्की पुल पनि निर्माण गर्ने बताए । उनले जिल्लाका विभिन्न स्थानमा जनताको भावना र इच्छा अनुसारकै विकासलाई अगाडी बढाएको बताउँदै आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने बताए ।

जिल्लाका धेरै योजनाहरु फोनकै भरमा पारेको बताउँदै तत्काल आउने समस्यालाई अलि छिटो आफुलाई जानकारी गराउन आग्रह गरे । गत असार महिनामा सम्पन्न भएको पुल करिव ३३ लाखको लागतमा सम्पन्न भएको हो । पुल जिल्ला विकास समितिको आर्थिक सहयोगमा सृजनशिल सामुदायिक विकास केन्द्रको समाजिक तथा प्राविधिक रहयोग रहेको छ । कार्यक्रममा पुल निर्माण गर्न जग्गा सहयोग गर्ने दुई जनालाई सम्मान गरिएको थियो ।

खडग प्रावि र शारदा माविको कुर्घा अनुगमन
एमाले नेता पार्टी सचिव एवं सांसद गोकर्ण विष्टले कुर्घा गाविसको खडग प्राविको स्थलगत अनुगमन गर्नुभएको छ । उहाँले खडग प्राविमा अक्षयकोष स्थापना विभिन्न सहयोग गर्ने चन्दादाताहरुलाई सम्मान गर्नुभएको थियो । त्यस्तै बिदालयको शैक्षिक एवं भौतिक विकासको निम्ती आफुले जस्तो सुकै पहल गर्न सहयोग गर्ने नेता बिष्टले प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै भर्खरै भवन निर्माण गर्दै गरेको शारदा बिद्या मन्दिर वामीको पनि अनुगमन गर्नुभएको छ । अगुगमनका क्रममा सांसद बिष्टले बिद्यालयको भवन भुकम्पले भत्काएको तथा बिद्यार्थी अनुसारको भवन नभएकाले थप कोठा र बिद्यालयको भवन पुर्ण बनाउने गरी आफुले सहयोग गर्ने बताए । त्यस्तै बिद्यालयका समस्याका बारेमा भवन निर्माण समिति र बिद्यालयले नेता बिष्टलाई ज्ञापन पत्र पनि दिएको छ । यसैबिच वाग्लुङ र्खबाङ्घ बजारका स्थानीयले बढिघाट खोला र दरम खोलाले आफुहरुलाई जोखिममा पारेको भन्दै तटबन्दको लागी केन्द्रमा पहल गर्न आग्रह गरेका छन् । ज्ञापनपत्र बुझाउँदै स्थानीयहरुले बर्खामा ढुक्कका साथ सुत्ने वातावरण मिलाईदिन नेता बिष्टको ध्यानाकर्ष गरेका थिए ।

जलजलामा माओवादी केन्द्रका सचिवालय सदस्य सहितका डेढ सय जना एमालेमा प्रवेश
नेकपा एमाले जलजला गाउँ कमिटीले आयोजना गरेको कार्यक्रता भेलामा नेकपा माओवादी केन्द्र जिल्ला सचिवालय सदस्य प्रेम गलामी सहित डेढ सय जना एमालेमा प्रवेश गरेका छन् । त्यस्तै माओवादी केन्द्रका जिल्ला सदस्य झविन्द्र बुढाथोकी सहितका नेता तथा कार्यक्रतालाई नेकपा एमालेका सचिव तथा सांसद गोकर्ण बिष्टले एमालेमा प्रवेश गर्ने सवैलाई दुई घण्टा लगाएर स्वागत गरेका थिए । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनमोर्चा पार्टी परित्याग गरि ठुलो संख्यामा एमालेमा प्रवेश गरेका छन् ।

उनले आफु सिङ्घो एमालेको नेता भएकाले जलजला गाविसको विकासको लागी कुनै कन्जुस्याँइ नगर्ने बताए । साथै उनले गाउँ कमिटीलाई नव प्रवेशीहरुलाई संगठनमा एकताबद्ध बनाएर राख्न निर्देशन दिए ।

Comments

comments

Comments are closed.