बाँझकटेरी हत्या काण्डको रहस्य खुल्यो

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
गुल्मी, असार–३१ । विहिवार राती गुल्मीको बाँझकटेरी हत्या काण्डको रहस्य प्रहरीले २४ घण्टा नपुग्दै खुलासा गरेको छ । बाँझकटेरी–१ का ५८ वर्षिय छत्रबहादुर सेन ओलीको हत्या गर्ने हत्या अभियोगी छिमेकी जिल्ला प्युठनाका दुई जना भएको प्रहरीले खुलासा गरेको हो ।man stabbed in gulmi
हत्याको खवर पाउन साथ घटना स्थल पुगेका जिल्ला प्रहरी प्रमुख एसपी भोलाबहादुर रावलले ति दुई जना दिपक गिरी र लेखनाथ गिरी रहेको बताए ।
ति मध्ये दिपक साथीको प्रहारबाट गम्भीर घाईते भई लुम्विनी अञ्चल अस्पतालमा उपचार गराई रहेको पत्तो पाए पछि त्यहाँ प्रहरीको निगरानी बढाईएको र अर्का लेखनाथ प्युठानमै रहेकोले त्यहाँको प्रहरी संग सवन्व्य गरी गुल्मी झिकाउन लागिएको एसपी रावलले जानकारी दिए । यसपी रावलको टोली सम्भवतः आज राती सम्म सदरमुकाम आउन नभ्याउने बताईएको छ ।
गएराती साढे १ वजेको समयमा ति दुई जनाले वास बस्न दिनुस भनेर ढोका खोल्न लगाएका थिए । भित्र पसे लगत्तै ओलीकी श्रीमति खगीश्वराको कानको माडवरी र तिलहरी लुटने क्रममा लुटेराहरुबाट श्रीलिलाई वचाउने खोज्दा उनिहरुले ओलीलाई खुकुरी प्रहार गरी हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी महेन्द्र नेपालले जानकारी दिए ।

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *