बहुप्रतिभाका धनि अर्जुन कुँवरको “स्वार्थी दुनियाँ”

  •  
  •  
  •  
  •  
  •  

अनिल खत्री
गुल्मी, माघ १० । रेडियो कार्यक्रममा लोप्रिय बन्दै गएका गुल्मेली बहुप्रतिभाका धनि अर्जुन कुँवर पछिल्लो समय यता गित संगितबाट पनि लोकप्रिय बन्दै गएका छन् । उनको आवाजमा हालै बजारमा आएको खिमराज गौताको एल्वम स्वार्थी दुनियाँ सार्बजनिक भएलगत्तै उनि थप चर्चामा छन् ।

यस गीतले पनि पहिलेको गीतले जस्तै सबैको मन जित्नेमा आफु बिश्वस्त रहेको बताए । । यो गीतमा गायक कुँवर सगै गायिका देवि घर्ति मगरको स्वरमा रहेको छ भने यस गीतको लय शब्द श्रृजना गणेश अधिकारीले गरेका छन ।

गीतलाई मेशना डिजिटल प्रा.लि.ले बजार ब्यवस्थापन गरेको हो । गित मायाँ प्रेममा आधारित रहेको छ । हाम्रो समाज आफनो कुरा पुरा भएपछी कसैलाई वास्ता नगर्नेलाई गितको कथा कस्तुमा उतारिएको छ । समय सान्र्दभीक गीत बनेको भन्दै स्वार्थी दुनियाँलाई पनि सबैले एक पटक सुन्न र प्रतिक्रिया दिन गायक कुँवरले आग्रह गरे । बहुप्रतिभाका धनि गायक कुँवर बिभिन्न हाँस्यटेलिश्रृंखला र नेपाली चलचित्र उधुम, नशा एक लत र क्न्प्युजमा समेत काम गरिसकेका छन । गायक कुँवर घर परिवारको सहयोग सदभाबाट गित संगितमा लागेको बताए । गितको म्यूजिक भिडियोमा गायक कुँवर सगै मोडल आशा खड्काले अभिनय गरेका छन् ।

गुल्मी जिल्लाको पहिलो रेडियो रेसुङ्घा अनि गुल्मी जिल्लाकै पहिलो टेलिभिजन रेसुङ्घा टेलिभिजनमा काम गदै आएका कुँवर पछिल्लो क्रममा लोकगीत संगीतमा चम्किदै गएका छन । बहुमुखी प्रतिभाशालीका धनी कुँवरले सबै दर्शक तथा श्रोताको मन जित्दै गएका हुन । उनको स्वरको आज भोली चौतर्फी चर्चा हुन थालेको छ । हात राखेर भन्छु गीता माथि गीतबाट गीतसंगीमा प्रवेश गरेका उनिले अहिले धेरै गितमा आवाज दिदै आएक छका छन् ।

Comments

comments

Comments are closed.