बस जुध्दा ४ को मृत्यु

  •  
  •  
  •  
  •  
  •  

शिव पुरी
भरतपुर, भाद्र १ । चितवनको दारेचोक ९ स्थित फिस्लीङ भन्ने स्थानमा मंगलबार साँझदुई यात्रुवाहक बस एकआपसमा ठोक्किदा भएको दुर्घट्नामा चार यात्रुको मृत्यु भएको छ । घट्नामा ३० यात्रु घाईते भएका छन् ।

भैरहवाबाट काठमाडौं आउदै गरेको लु १ ख ९३६१ नम्बरको बस र काठमाडौंबाट धरान जादै गरेको ना ४ ख ४५१६ नम्बरको बस साँझ पौने ७ बजे एक आपसमा ठोक्किएर दुर्घट्ना हुदा गुल्मी जुगुम ८ की २२ बषिर्या मञ्जु गौतम र उनको १० महिनाको छोरा संयोग गौतमको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको ईलाका प्रहरी मुगलिङका प्रहरी निरिक्षक योगेन्द्र हमालले बताए । घट्नामा गम्भिर घाईतेलाई दुईजनालदाई उपचारका लागि धादिङको गजुरी लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनायो ।

मृत्यु हुने एक महिला र एक पुरुषको सनाखत हुन सकेको छैन । घट्नामा भैरहवा -काठमाडौं चल्ने बसका चालक बुटवल ९ रुपन्देहीका रणबहादुर रानाको अवस्था गम्भिर छ । घाईते मध्ये चितवन मेडिकल कलेजमा १८ जनाको नारायणी सामुदायिक अस्पतालमा दुई जनाको र बाकीलाई काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालयले जनायो ।

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *