बन्दले जनजिवन प्रभावितःबुटवल खुल्दा पनि गुल्मी खुलेन

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
गुल्मी, मंसिर– २२ । ५ नम्वर प्रदेश टुक्राउन पाईदैन भन्दै गरिएको आन्दोलनको एक हप्ता देखि गुल्मी र यस आसपासका जिल्लाको जनजिवन प्रभावित भएको छ । यातायता बन्द, उद्योग व्यवसायी सवै ठप्पका कारण विशेषतः मजदुर वर्ग विहान वेलुकीको गुजारा चलाउन निकै मुस्कीलमा पर्न थालेको छन् ।img_1030
आन्दोलनमा सदरमुकामका शिक्षक विद्यार्थी , उद्योगी व्यवसायी, दलका अगुवा कार्यकर्ताहरु बढि देखिएका छन् । गाउँका कृषक यति वेला हिउँदे वाली लगाउने माचोमा रहेका छन् । दरमुकाममा मजदुरी गरेर जिविका चलाएका मजदुरहरु कतिपय गाउँ फर्केका छन भने कतिपय फर्किने तयारीमा रहेका छन् ।
अहिले सम्मका बन्द कार्यक्रममा सदरमुकामका होटल यसरी सुकेका थिएनन् । अहिले प्राय धेरै जसो होटल बन्द रहेका छन् । यातायात व्यवसायीहरु पनि निकै मर्कामा परेका छन् । गाउँमा विरामी परेर वा अन्य जरुरी काम परेर सदरमुकाम लगायतका स्थानमा जानु पर्ने जनताहरु गाडी नपाएर महँङ्गो मुल्य तिर्न बाध्य भएका छन् । जिल्ला प्रशासनमा कर्मचारी छिर्न नदिदा सेवाग्राही मर्कामा परेका छन् ।
आज आठौं दिन बुटवल बजार खुलेको खवर प्राप्त गरे लगत्तै केहि पसल खुलेका थिए र छिटफुट गाडी पनि चल्न थालेका थिए । तर आन्दोलनकारीले रोके पछि आज पनि सर्वसाधरण बन्दको असरबाट मुक्त हुन सकेनन् । संयुक्त जनआन्दोलनको नेतृत्व नेपाली कांग्रेसका सभापति भुवनप्रसााद श्रेष्ठले गरेका छन् । जसमा अर्को सत्तारुढ दल माओवादी केन्द्र गुल्मीका संयोजक विरबहादुर कार्की , नेकपा एमालेका अध्यक्ष मधुकृष्ण पन्त सहित सवै दलका नेताहरु रहेका छन् ।
त्यसका अलवा नागरिक समज , गुल्मी उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ , गैह्र सरकारी महासंघ लगायतका संघ संसथा पनि आवद्ध छन् । यसर्थ पनि आज ८ दिन सम्मको आन्दोलनले क्रमिक रुपमा गति लिर्दै गई रहेको छ । छैठौं दिन दिउँसै राँके जुलु र हिजो साँतौ दिन उल्टो हिडाई जुलुस गरेर सरकार विरुद्ध व्याङ्ग प्रहार गरिएको थियो । आज आठौं दिन सिठ्ठी जुलुस गरिदै छ ।

Comments

comments

Comments are closed.