बन्दको अवज्ञा गरेको भन्दै गुल्मीमा केही मोटसाइकल नियन्त्रणमा

  •  
  •  
  •  
  •  
  •  

अनिल खत्री
गुल्मी, १८ मंसिर । आम हड्तालको चौथो दिन आज पनी गुल्मीमा बन्द जारी रहेको छ । सरकारले प्रदेश नम्बर ५ टुक्राउने संसोधन प्रस्ताब दर्ता गरेपछी विगत ४ दिन देखि गुल्मी जिल्ला ठप्प रहेको छ । आज पनी सविधान सशोधन प्रस्तावको बिरोधमा गुल्मीमा विरोध प्रर्दशन जारी रहने बताइएको छ । जिल्लास्थित सम्पुर्ण राजनैतिक दल, नागरिक समाज लगायतको सक्रियतामा संयुक्त विरोध प्रर्दशन भेरहेको छ ।
बन्दका कारण जिल्लामा यातायात, बजार, उद्योगधन्दा लगायत ठप्प भएका छन् ।
प्रर्दशनकारीहरुले विहान नै देखि बन्दलाई सफल बनाउन तम्घास बजारमा प्रर्दशन गरेका छन । विरोधकै कार्यक्रम अन्र्तगत दिउँसो १ बजेदेखि गुल्मीको सदरमुकाम तम्घासमा वृहत्त विरोध जुलुस समेत प्रर्दशन गरिएको छ ।
आज पनी सदरमुकाम तम्घासको लाकुरी मञ्चबाट शुरु गरिएको जुलुस पुरानो बजार ,पुतली बजार, मिलनचोक, उदिनढुङ्गा, नयाँबजार हुदै पुन लाकुरी मञ्चमा पुगी कोणसभामा परिणत हुने बताइएको छ ।

gulmi
प्रतिनिधि संघसंस्थाका प्रतिनिधि लगायत स्थानिय नागरिकहरुको सहभागिता रहने छ । प्रर्दशनकारीहरुले आज बिहानैदेखिसडकमा उत्रिएर तम्घासको उदिनढुङ्गा र अर्खले क्षेत्रमा टायर बाली सडकमा प्रर्दशन गरेका थिए । त्यस्तै बन्दको अवज्ञा गरेको भन्दै प्रर्दशनकारीहरुले आज केहि मोटरसाइकल नियन्त्रणमा लिइएको बताइएको छ ।

Comments

comments

Comments are closed.