फिन्निश नेपाली समाजले फिन्ल्यान्डमा खुल्ला भलिबल प्रतियोगिता आयोजना गर्ने

  •  
  •  
  •  
  •  
  •  

सन्जु काउछा
हेल्सिन्की । फिन्निश-नेपाली समाजले खुल्ला भलिबल प्रतियोगिता २०१६ को आयोजना गर्ने भएको छ । समाजले हेल्सिन्कीमा आयोजना गर्न लागेको खुल्ला भलिबल प्रतियोगीतामा फिन्ल्यान्डमा रहेका नेपालीहरुका बिभिन्न क्लब तथा समुहहरुले सहभागीता जनाउनेछन् ।

विगतका बर्षहरुमा जस्तै समाजले फिन्ल्यान्डको राजधानी हेल्सिन्की र आसपासका नेपालीहरुलाई लक्षित गर्दै खुल्ला भलिबल प्रतियोगिताको आयोजना गरेको हो । आगामी अगस्ट १० र ११ गते गरी दुई दिन सम्म चल्ने प्रतियोगिता हेल्सिन्कीको हेर्तोनियमी भलिबल ग्राउण्डमा सम्पन्न हुन लागेको प्रतियोगिताका संयोजक तथा समाजका उपाध्यक्ष नन्दानन्दन भट्टराईले बताए । प्रतियोगिताको विजयी टिमलाई आर्कषक पुरस्कार, प्रमाण पत्र तथा मेडलको समेत व्यवस्था गरिएको आयोजकहरुले बताए ।

अध्ययन, रोजगार, ब्यापार-ब्यवसाय वा अन्य बिबिध उद्देश्यका साथ फिन्ल्यान्डमा रहनुभएका सम्पूर्ण नेपालीहरुलाई एकत्रित गर्दै भातृत्व बढाउने तथा खेलकुद क्षेत्रमा रहेका नेपाली प्रतिभाहरुको उजागर गर्ने हेतुले आयोजना गर्न लागिएको संयोजक टोलिका अर्का सदस्य मुकुन्द भण्डारीले जानकारी दिए ।

फिन्ल्यान्डमा रहनुहुने सुम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा उक्त भलिबल प्रतियोगितामा उपस्थित भई खेलाडी साथीहरुलाई हौसला बढाईदिन तथा कार्यक्रमलाई सफल बनाइदिन समेत आयोजक सँस्थाले अनुरोध गरेको छ ।

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *