फिनल्याण्डमा रहेकी गायिका बिनिताको “मेरो मनै नेपाली छ…” सार्वजनिक (भिडियो सहित)

  •  
  •  
  •  
  •  
  •  

सन्जु काउछा
हेल्सिन्की । फिनल्याण्डमा रहदै आएकी गायिका बिनिता लामिछानेले नयाँ राष्ट्रिय गीत सार्वजनिक गरेकी छन् । गायिका लामिछनेले “मेरो मनै नेपाली छ….” बोलको गीत सार्वजनिक गरेकी हुन् | गोरखा स्थाई घर भई हाल फिन्ल्यान्डमा बसोबार गर्ने लामिछने केहि महिना अघि बिदाको क्रममा नेपाल गएर उक्त गीत र भिडियो तयार पारेकी हुन् ।

भौगोलिक हिसाबले टाढा भएनी नेपाल र नेपाली कला संस्कृतिलाई आफुले भुल्न नसकेर लामिछानेले सो गीत निकालेको गुल्मीन्युजलाई बताईन् । देशभक्तीको भावना ओतप्रोत भएको उक्त गीतमा शिव सुवेदीको शब्द रहेको छ भने संगीत अर्जुन पोखरेलले भरेका हुन् ।

बिनिता लामिछानेकै स्वरमा सजिएको उक्त गीतको भिडियोमा गायिका लामिछानेको आफ्नै र अन्य कलाकारको अभिनय रहेको छ । करण चैसिरको छायाङ्कन, बिष्णु शर्माको सम्पादन् र प्रकाश भट्टको निर्देशन बनेको गीतको भिडियोलाई म्युजिक नेपालले युट्युब मार्फत सार्वजनिक गरेको हो ।

हेरौँ भिडियो:

Comments

comments

Comments are closed.