फिनल्याण्डमा ज्यान गुमाएका दिपकको शव पठाउन फिन्निश-नेपाली समाजद्वारा सहयोग

  •  
  •  
  •  
  •  
  •  

सन्जु काउछा
हेल्सिन्की, साउन २५ । फिनल्याण्डमा ज्यान गुमाएका एक नेपाली युवाको शव नेपाल पठाउन फिन्निश-नेपाली समाजले झन्डै १ लाख रुपैँया सहयोग गरेको छ । खोटाङको रतन्छाका दिपक राईको गत बैशाखमा फिन्ल्यान्डमा मृत्‍यु भएको थियो । फिनल्याण्ड हुँदै नर्वे जाने क्रममा मृत्‍यु भएका राईकोअवैधानिक बाटो भएर नर्वे जान लागेको भन्दै नेपाल सरकार र फिन्ल्याण्ड सरकारले कुनै चासो नदिएपछि शव गत ४ महिना देखी फिन्ल्यान्डमा अलपत्र परेको थियो ।
फिन्निश-नेपाली समाज र एनआरएनए फिनल्याण्ड सहित यहाँ रहेका नेपालीहरुले आर्थिक सहयोग संकलन गरेर शव नेपाल पठाउन लागिएको हो । मृतक राईको शव नेपाल पठाउन ४ हजार ७ सय ५० युरो लाग्नेमा ९ सय युरो आफूहरुले सहयोग गर्ने भन्दै फिनल्याण्डका सरकारी अधिकारीले मृतक परिवारलाई पत्र पठाएको जानकारी प्राप्त भएको छ । शव नेपाल पठाउन ३ हजार ८ सय ५० युरो तिर्नुपर्ने भएकाले फिन्ल्यान्डबासी नेपालीहरुमाझ सहयोग उठाईएको हो ।
सँस्थागत तर्फ एनआरएनए फिनल्याण्डले १ हजार १ युरो र फिन्निश नेपाली समाजले ७ सय ८८ युरो सहयोग गरेका छन् भने बाँकी रकम यहाँ स्थित नेपालीहरुले ब्यक्तिगत रुपमा संकलन गरेका हुन् ।

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *