जिल्ला समाचार

फागुनमा तेस्रो गुल्मी महोत्सव हुने

अनिल खत्री
गुल्मी, भदौ २९ । गुल्मीमा फागुनमा तेस्रो गुल्मी महोत्सव हुने भएको छ । गुल्मी उद्योग वाणिज्य संघ गुल्मीको बिहिवार सदरमुकाम तम्घासमा सम्पन्न बैठकले तेस्रो गुल्मी महोत्सव गर्ने निर्णय गरेको हो । गुल्मी उद्योग वाणिज्य संघ गुल्मीको आयोजनामा यहि आउँदो फागुन ३ गते देखि १३ गते सम्म महोत्सव गर्ने निर्णय भएको वाणिज्य संघ गुल्मीका महासचिव ताराप्रसाद भुसालले जानकारी दिए ।

महोत्सव सम्पन्न गर्न र थप प्रभावकारी बनाउनको लागी असोज ६ गते गुल्मी जिल्ला स्थित रहेका १२ वटा स्थानिय तहका प्रमुखहरु सँग अन्र्तक्रिया समेत राखिएको वाणिज्य संघ गुल्मीले जनाएको छ । १० दिन सम्म चल्ने महोत्सवबाट गुल्मी जिल्लाको कृषि,घरेलु औधोगिक प्रर्बद्धन सगै रेसुंगा, रुरु, कंकेदेउराली, मालिका र कुर्घाको स्वा“रा, शान्तिपुरको टिमुरे ताल सहितका पर्यटकीय क्षेत्रहरुको प्रर्बद्धन र प्रचार प्रसार महत्वपुर्ण उदेश्य रहेको वाणिज्य संघ गुल्मीका महासचिव भुसालले जानकारी दिए ।

वाणिज्य संघ गुल्मीले प्रत्येक २ वर्षको अन्तरालमा महोत्सव गर्दै आएको छ । महोत्सवमा गुल्मीमा उत्पाद हुने कफी, सुन्तला, तरकारी, माहुरी, च्याउ लगायतका अरू कृषिजन्य सामग्री तथा सेरामीक्स, बाँस तथा निगालोबाट बन्ने सामग्रीहरूलाई उच्च प्राथमिकताका दिँदै आएको छ ।
gulmi mahotsav
गएको २०७१ सालमा “गुल्मी जिल्लाको समग्र विकासको आधार, कृषि पर्यटन, उद्योग र व्यापार ” भन्ने नाराका साथ २२ फागुनदेखि ३० सम्म दोस्रो महोत्सव सम्पन्न भएको थियो । महोत्सवमा १ करोड ६४ लाख ७ हजार ६सय ६३ रुपयाको आम्दानी भएको थियो । आम्दानी मध्ये ६९लाख ५० हजार २ सय ६७ रुपया खर्च भएको थियो ।

महोत्सवबाट ३६ लाख ९७ हजार ३ सय ९६ बचत भएको थियो । महोत्सवमा आम्दानी भएको रकमबाट सुबिधसम्पन्न झण्डै २÷३ सय मानिसहरु अटाउने सभाहलको निमार्ण गरेको छ ।

Show More
Close

Adblock Detected

कृपया हजुरको ब्राउजरमा बिज्ञापन रोक्ने एप्लिकेशन डिसेबल गरेर हाम्रा समाचारहरु हेर्न सक्नुहुनेछ ।